ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

क्रियाशील सदस्यता विवरण बुझाउन कांग्रेसको ताकेता

काठमाडौं फागुन ८ । नेपाली कांग्रेसले क्रियाशील सदस्यको सम्पुर्ण विवरण केन्द्रमा पठाउन जिल्लालाई पत्रचार गरेको छ । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले क्रियाशील सदस्यतासम्बन्धी विवरण बुझाउन बाँकी रहेका जिल्लाहरुलाई क्रियाशील सदस्यताको सम्पूर्ण विवरण पठाउन पत्रचार गरेको हो ।

शनिवार बसेको बैठक पछि बिज्ञप्ती जारी गर्दैं कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले भनेको छ- “क्रियाशील सदस्यताको नामावलीको प्रमाणित सूची, सदस्यता शुल्क, सहयोग रकम (लेवी) र गाउँपालिका(नगरपालिका, प्रदेश सभा क्षेत्र, प्रतिनिधि सभा क्षेत्र र जिल्ला कार्यसमितिको निर्णय प्रतिलिपीसमेत क्रियाशील सदस्यता सम्बन्धी सम्पूर्ण विवरण केन्द्रमा बुझाउन बाँकी रहेका सबै जिल्ला कार्यसमितिहरु र प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिहरुलाई केन्द्रीय कार्यसमितिको फाल्गुण छ गतेको  बैठकको निर्णय अनुसार, तोकिएको मितिभित्र नै सम्पूर्ण कार्य तोकिएको प्रक्रिया पुर्‍याई सम्पन्न गर्न र क्रियाशील सदस्यताको सम्पूर्ण विवरण सहितका कागजात र नामावलीको सूची केन्द्रमा पठाउनका लागि समितिको तर्फबाट लिखित पत्राचार र प्रेस विज्ञप्तिमार्फत अनुरोध गर्ने,”

पटक पटक महाधिवेशन सारेको कांग्रेसले अवको ६ महिनामा जसरी पनि महाधिवेशन गर्नु पर्ने वाध्यता छ । जसका लागि कांग्रेसले मिति समेत तोकेको समयमा सदस्यताको विषयलाई प्रथमिकता दिएको हो । अधिकाम्स जिसल्लाबाट विवरण आएपनि केही जिल्लाबाट विवरण आउन सकेको छैन । यस्तो अवस्थामा बैठकले जिल्ला सभापति, क्षेत्रीय सभापति र मातहत तहको सभापतिसँग सम्पर्क गरि क्रियाशील सदस्यता वितरण र नवीकरणका सम्बन्धमा जिल्लाहरुमा हालसम्म भइरहेको कार्य प्रगतिको पछिल्लो अवस्थाको जानकारी गराउन समेत निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *