ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

सरकारसंग वार्ता गर्न विप्लप तयार

सेयर गर्नुहोस
  • 9
  •  
  •  
  •  
    9
    Shares

काठमाडौं फागुन ८ ।  प्रतिवन्धित नेकपाले सरकारसंग वार्ता गर्न तयार रहेको जनाएको छ । विप्लव नेतृत्वको नेकपाले शनिबार बिज्ञप्ती जारी गर्दैं सरकारसंग संवाद र वार्ताका लागि तयार भएको जनाएको हो ।

नेकपाका महासचिव विप्लवले जारी गरेको विज्ञप्तीमा आफूहरुको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनताको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको समेत जानकारी दिएका छन् । विज्ञप्तीमा भनिएको छ- ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लाग गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं ।’

यस अघि सरकारले उक्त समुहको कृयाकलाप हिंसात्मक भएको भन्दै प्रतिवन्ध लगाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *