ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चैत्रसम्ममा ओलीसंग आफ्नै पाँचलाख साइवर सेना

काठमाडौं फागुन ८ । सामाजिक सञ्जाल मार्फत सरकार विरुध हुने कृयाकलाप नियन्त्रण गर्न नेकपा ओली समुहको राष्ट्रिय युवा संघले साइबर सेना बन्ने निर्णय गरेको छ ।  शनिवार माघ २५ र २६ गतेको बैठकको निर्णय सार्वजनीक गर्न आयोजित पत्रकार संवेलनमा संघका अध्यक्ष बचनबहादुर सिंहले प्रधानमन्त्री केपी ओलीको साइबर सेना बनेर खटिने निर्णय गरेको जानकारी दिए ।

सामाजिक सञ्जाल मार्फत सरकारको चरित्र हत्या हुने गरीका प्रचार प्रसार हुने गरेको भन्दै यसलाई निरुत्साहित गर्न साइवर सेना भएर खट्टिने निर्णय भएको जनाएका छन् उनको भनाई छ- ‘सामाजिक सञ्जाललाई सही ढंगले सदुपयोग गर्नुको साटो व्यक्तिको चरित्र हत्या गर्ने काम भइरहेको छ । त्यसलाई निरुत्साहित गर्न साइबर सेना निर्माण गरिएको हो’,

आगामी चैत्रसम्म बर्दी बिनाको पाँच लाख सेना निर्माण गर्ने उदेश्य रहेको बताउदैं सिंहले हतियारको ठाउँमा विवेक प्रयोग गर्ने बताए । उनको भनाई छ -‘यसले हतियार बोक्ने छैनन्, तर बुद्धिको प्रयोग गर्नेछ । यसबाट आत्तिनेहरुले साइबर स्याल भनिरहेका छन् । तर, हामी विवेकपूर्ण ढंगले परिचालित हुनेछौं’ पछिल्लो समय नेपालमा साइवर सेनाको वहस बढ्दो क्रममा रहेको समयमा युवासंघले यस्तो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *