ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बैद्य र डाक्टरले नवचाएको प्रचण्डलाई झाक्रीले कसरी बचाउला – प्रधानमन्त्री केपी ओली

विराटनगर फागुन ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई झाक्रीले समेत बचाउन नसक्ने टिप्पणी गरेका छन् । नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभालाई संवोधन गर्दै ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले पहिले बैद्यले छाडेपछि डाक्टरकोसाथ पाएका प्रचण्डसँग डाक्टले छोडेपछि अहिले झाँक्री रहेको भन्दै अब झाक्रीले पनि प्रचण्डलाई  बचाउन नसक्ने टिप्पणी गरेका हुन् ।

प्रचण्डको नियत्ति ओरालो लागेको भन्दै ओलीले प्रचण्डलाई यो ठाउँमा आफूले ल्याएको समेत जिकिर गरे । २ – ४  सिटमा सिमित हुने प्रचण्डलाई ल्याएर जुरो हालिदिएको तर उनी अहंकारी बनेको ओलीको भनाई छ । उनले भने –‘२र४ सिटमा सिमत हुने प्रचण्डलाई ल्याएर फेरि एउटा जुरो हालिदिएको थिएँ । फेरि सिङ हालिदिएको थिएँ लामा सिङ भएपछि उहाँमा अहंकार चढ्यो । उहाँले हामीलाई नै सिध्याउँछु भन्न थाल्नुभयो । अब उहाँको नियति असफलता बाहेक केही हुन सक्दैन ।’

सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले निर्वाचनमा जुट्न सवैलाई आग्रह समेत गरेका छन् । संसद विघटन विरुध परेका मुद्दाको बहस सकिएको रसर्वोच्च अदातलते चाडै यसको फैसला गर्ने भन्दै ओलीले प्रतिनिधिसभा विघटनमा सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसकिने बताएका छन् । उनको भनाई छ- ‘सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्था फैसला गर्छ भन्ने कल्पना गर्न सकिन्न म भन्न चाहन्छु ।’

आफुहरु नै आधिकारीक नेकपा भकएको दावी गर्दै आएका ओलीले फैसलाको समयमा जनताको आग्रहलाई सर्ववच्च अदालतले सर्वपरी राख्ने विश्वास गर्दै भने -‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला, यस्ता सभामाहरुबाट प्रकट भएको जनताको अभिमत हरेको होला । संधिानको मम र भावना हेरेको होला । मुलक कता जान्छ भन्ने विश्लेषण गरेकै होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *