ओलीलाई कालो झण्डा देखाउन खोजेपछि प्रहरी हस्तक्षेप

बिराटनगर फाल्गुन ८ । प्रदेश नम्बर १ ले विराटनगरमा आयोजना गर्न बृहत आमसभालाई सम्बोधन गर्न पुगेका प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध दाहाल–नेपाल समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् ।
.प्रदर्शनकारीले प्रदर्शन गर्दै कालो झण्ड देखाउन खोजेपनि प्रहरीले हस्तक्षेप गरेको छ । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा ओर्लिएपछि विद्यार्थीहरुले उनी विरुद्ध प्रदर्शन गरेका हुन् । प्रधानमन्त्री विराटनगर पुग्ने भएपनि विहानै देखि सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।