March 4, 2021

ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

एक सातामै फैरी मस्क बने विश्वकै धनी, एकै दिन कमाए ९ अर्ब बढि

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

पहिलो पटक विश्वकै धनी व्यक्ति बनेका इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्क गत साता शेयर बजारमा आएको गिरापटका कारण दोस्रो स्थानमा झरेको थिए ।

गत साता उनको प्रतिस्प्रधि कम्पनी अमेजनको शेयर मुल्यमा बृद्धि र टेस्लाको शयर मुल्यमा गिरावट आएपछि मस्क दोस्रो स्थानमा झरेका थिए । तर एक हप्ता नवित्दै फेरी मस्क पहिलो स्थानमा उक्लिएका छन् ।

मस्कको कम्पनी स्पेस एक्स लेटेस्ट फन्डिङ राउन्ड पूरा गरेपछि मस्कको नेटवर्थमा उछाल आएपछि मस्कको कुल नेटवर्थ २०० अर्थ डलर पुगेको ब्लुमबर्ग इन्डेक्सले जनाएको छ । त्यस्तै ई–कमर्स कम्पनी अमेजनका सीईओ जेफ बेजोसको कुल नेटवर्थ १९४ अर्ब डलरका साथ दोस्रो स्थानमा छ ।

केही दिनअघि मात्रै जेफ बेजोसले एलन मस्कलाई पछि पार्दै विश्वकै धनीव्यक्ति बन्न सफल भएका थिए । तर, एक हप्ता नपुग्दै जेफ बेजोसलाई पुनः मस्कले पछि पारेका छन् । मस्कको नेटवर्थ एकैदिन ९.२० अर्ब डलरले बढेको छ ।

उनको यो वर्ष अहिलेसम्ममा नेटवर्थ ३०.२ अर्ब डलरले बढिसकेको छ भने प्रतिस्प्रधि बेजोसको नेटवर्थ भने यो वर्ष अहिलेसम्म ३.८९ अर्ब डलरले मात्रै बढेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *