ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

स्टार अस्पतालले गर्यो एनआइसियु सेवा सुरु

सेयर गर्नुहोस
  • 67
  •  
  •  
  •  
    67
    Shares

फागुन ७ ,काठमाडौं । स्टार अस्पतालले ६ बेडको शिशु सघन स्याहार तथा उपचार कक्ष (एनआइसियु) सेवा सुरु गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले एनआइसियु कक्षको उद्घाटन गरेका छन ।मन्त्री त्रिपाठीले एनआइसियु जस्तो अति संवेदनशिल विभाग शुभारम्भ गरेकोमा शुभकामना दिदै बेड अभावमा उपचार नपाउने समस्या कमी हुने बताए ।

स्टार अस्पतालका कार्यकारी अध्यक्ष किशोर कुमार महर्जनले समय नपुगि जन्मने शिशुहरुको मृत्युदर धेरै भएका कारणले त्यसलाई घटाउनका लागि आफुले एनआइसियुको स्थापना गर्न लागेको बताए ।

नेपालमा एनआइसियु कक्षको कमी भएकै कारण वर्षेनी धेरै शिशुको मृत्यु हुने गरेको भन्दै यस तर्फ मन्त्री त्रिपाठीको ध्यानकर्षण गराए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *