२०७७ फागुन ७ शुक्रबारकाे राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज मिति २०७७ साल फागुन ७ गते शुक्रबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको १९ तारिख, माघ शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, कृतिका नक्षत्र, सप्तमी तिथी, इन्द्र योग, वणिज करण, आज चन्द«मा बेलुकी ८ बजेर २४ मिनेटसम्म मेषमा राशीमा रहने छ , आजको अमृत समय बिहानको ९ बजेर २८ मिनेटबाट १० बजेर ५३ मिनेटसम्म रहने छ, आजको राहुकाल बिहानको १० बजेर ५३ मिनेटबाट १२ बजेर १८ मिनेटसम्म रहने छ। राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।
(१)मेष राशी
दिन राम्रो रहने छ, भाग्यले साथ दिएको महसुस हुनेछ, पारिवारिक तथा घरायसी सुख प्राप्ति, धन तथा उपहार प्राप्ति, आर्थिक लाभ, पराक्रममा वृद्धि, खर्चमा कमि आउने, मानसिक अशान्ति र छटपटि कम हुने । रोग व्याधिबाट ग्रस्त हुनेहरुले विस्तारै मुक्ति पाउनेछन, परिकारजन्य भोजन, शयन सुख प्राप्त हुने, आदर सत्कार को साथै मित्र तथा स्त्रि वर्गहरुको सहयोग पाइने, दिन भोग विलास र रमाइलो जमघटमा बित्न सक्नेछ, परिवारबाट टाढा भइने वा भ्रमण गर्नुपर्ने योग पनि देखिएको छ ।
(२) वृष राशी
खर्चमा बृद्धि, धनको नोक्सानी, शारिरिक कष्ट, मानसिक अशान्ति, अपमानको सम्भावना वा कसैबाट मन दुख्न सक्ने, निरर्थक धपेडी वा थकान हुने, शारिरिक कष्ट वा शोक पर्ने,, सन्तानको तर्फबाट सुख नपाइने, घाँटीभन्दा माथिको भागमा समस्या आउने योग देखिएको छ,स्वास्थ्य तथा खानपानको विशेष ध्यान दिनुहोला संक्रामक रोगको चपेटामा परिने सम्भावना पनि छ , विद्यार्थिवर्गको वैदेशिक यात्रा वा पढाइको लागि भने दिन शुभ छ । आर्थिक नोक्सानी हुने योग भएकोले लगानीलाइ आज दिन राम्रो छैन, आज कुनै पनि प्रकारको घमन्ड हितकर छैन ।
(३) मिथुन राशी
सुखद खबरले मन प्रसन्न रहने, जागीर, रोजगार तथा व्यवसायको क्षेत्रमा चाहेको महत्वाकांक्षा पूरा हुने, आँटेका कामले खुशी प्रदान गर्नेछ, आय आम्दानीमा सकारात्मक कुरा हुने, सन्तान सुख, समयानुकुल उत्तम भोजन तथा साथीभाइ सँग भेटघाट भइ रमाइलो जम्ने योग छ, महिला वर्गबाट
लाभ मिल्ने अथवा स्त्री सुखको प्राप्ति हुनुको साथै परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । कसै कसैलाइ कुनै पनि नयाँ कार्य वा महत्वपूर्ण कार्य हुन सक्ने सम्भावना छ । व्यापारमा लाभ मिल्नुको साथै लगानीको लागि दिन राम्रो छ ।
(४) कर्कट राशी
दिन शुभ रहनेछ । ईच्छित फल पाउने बलियो सम्भावना छ । शारिरीक निरोगीता, उत्तम भोग विलास, भौतिक संशाधन तथा गृह सुख मिल्ने, कार्य व्यवसायमा पदोन्नति, परिवर्तन अथवा नेतृत्व प्राप्त हुने, कर्म क्षेत्रमा आदर, सम्मान, प्रशंसा र विश्वास प्राप्त हुने योग छ, यात्रा गर्दा भने सचेत रहनु पर्नेछ, परिवार भित्र कोही जेष्ठ नागरिक हुनुहुन्छ भने वहाँको स्वास्थ्यको ख्याल गर्नुहोला । पिता लगायत आफुले मान्नु पर्नेहरुको सहयोग प्राप्त हुने, तथा सरकारी कामकाजमा सहयोग मिल्ने वा काम बन्ने योग छ । घाउ चोटपटकबाट सावधान हुनु पर्नेछ । विद्यार्थीहरुको लागि समय राम्रो छ । परिक्षा प्रतियोगितामा राम्रो उपलब्धि प्राप्त हुने योग छ ।
(५) सिंह राशी
परिस्थितले विवश बनाउने अवस्था आउन सक्छ, गरे अनुसार जस नपाइने, प्रतिष्ठा हानी हुने सम्भावना । नजिकका मान्छे वा आफन्तहरुसँग बिना कारण मनमुटाव हुने भएकोले सचेत रहनु पर्नेछ । स्वास्थयको विषेश ख्याल राख्नु होला ।पारिवारिक सदस्यको स्वास्थ्यहानी अथवा सन्तानसँग मतभेद हुन सक्ने, आफनो स्वास्थ्यको पनि विशेष ख्याल राख्नु पर्नेछ, राज्यको तर्फबाट अथवा सरकारी कर्मचारीहरुबाट समस्या निम्तिन सक्छ, भय र अपमानको वातावरण बन्न सक्छ, व्यवसायमा हानी को सम्भावना छ , शेयर ,अचल सम्पत्ति वा महँगो सामान आदि आज नलिंदा नै राम्रो । विदेश यात्रा, विदेश अध्ययन सम्बन्धि कार्यको लागि भने आजको दिन शुभ छ,
(६) कन्या राशी
निरर्थक भयले ग्रसित हुनु पर्नेछ, अचानक हुने अनिष्ट घटनाले आज मन अशान्त हुन सक्छ, कसै कसैलाई कानूनी लटखटमा पर्ने सम्भावना छ, आर्थिक समस्याले मन खिन्न रहन सक्छ, शत्रुहरु बढने वा उनीहरुबाट तनाव बढाइदिने काम हुन सक्छ, आफुले मान्नुपर्नेहरुले समस्या दिनेछन्, दुख कष्ट पाइने र धनको गलत ठाउँमा खर्च हुने योग छ, पेट तथा आफ्नो स्वास्थ्य सम्बन्धि आज ध्यान दिनु पर्नेछ, कुनै पनि प्रकारको कलह र वादविवादबाट भने आज बच्नुहोला,
(७) तुला राशी
दिन शुभ रहने छ, आर्थिक लाभ, शैय्या सुख, उत्तम स्वास्थय, भौतिक विलासिताका सामग्रीको खरीद वा प्राप्ति, भोग विलास, मनोरन्जन र व्यक्तिगत सुखमा ध्यान जान सक्नेछ, दाम्पत्य सुख मिठो रहनेछ, लाभकारक एवम सुखदायी बसाइ हुने दिन छ, कसै कसैलाई घर बाहिर बस्नुपर्ने अवस्था पनि आउन सक्ने अथवा छोटो खालको भ्रमण हुने योग देखिएको छ, व्यापार व्यवसायमा लाभको समय चलेको छ, स्त्रिवर्ग वा नजिकको मान्छेहरुसँग को विवादबाट भने टाढै रहनुहोला,
(८) वृश्चिक राशी
दिन राम्रो रहनेछ । शत्रुहरुबाट मुक्ति पाइने, समस्याहरुबाट छुटकारा मिल्ने, दीर्घरोगहरुबाट आरोग्यता प्राप्त भई स्वास्थ्य लाभ हुने, आर्थिक लाभ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति । कर्म क्षेत्र तथा सामाजिक क्षेत्रमा यश र आनन्द प्राप्ति, व्यापार व्यवसाय को लागि दिन सफल रहनेछ । अचानक नसोचेको खर्च हुन सक्नेछ, साथै विपरीत लिगींहरुप्रति आकर्षण बढने योग भएकोले गलत व्यक्तिहरु र गलत सम्बन्धहरुबाट भने टाढा रहनु होला ।
(९) धनु राशी
आज मन अशान्त रहन सक्छ, गरेको कार्य सफल पार्न निकै प्रयास गर्नुपर्नेछ, सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला, शत्रुजनित कष्ट, धनको नोक्सानी वा अनावश्यक खर्च हुने, निर्णयहरु गलत हुन सक्ने, स्वास्थ्यमा गिरावट आउने, पेट वा सो भन्दा मुनि कुनै पुरानो रोग छ भने बल्झिन सक्छ, कार्य स्थलमा सतर्क रहनुहोला, मनमा गलत विचारहरुलाइ ठाउँ नदिनुहोला । विद्यार्थीहरुले आज विशेष मेहनत गर्नुपर्नेछ । व्यापार व्यवसाय र लगानीको लागि दिन ठीक छैन।
(१०)मकर राशी
दिन अनुकुल छैन, आफन्त तथा नजीकका मान्छेहरुसँग मनमुटाव हुने, आत्मविश्वासमा कमी आउने, चित्त चंचल रहने, कसैको पनि विश्वास गर्न मन नलाग्ने, निरर्थक चिन्ता र बेचैनीले ग्रस्त हुने, शारिरिक कमजोरी महसुस हुने, छाती, हृदय वा श्वास प्रश्वास सम्बन्धि समस्या उत्पन्न हुन सक्ने, स्त्रि सुखमा कमी आउने, निद्रा तथा खानपानमा गडबडी हुने सम्भावना छ, चिसोले स्वास्थय स्थिती खस्किन सक्छ, तरल पदार्थ तथा महिला वर्ग बाट भने सचेत रहनु होला,
(११) कुम्भ राशी
दिन राम्रो छ, भाग्यले साथ दिनेछ । पराक्रम बढने, निरोगिताको प्राप्ति, कार्यमा सफलता, मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ, मित्र सुख, शत्रु पराजित हुने, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, वैवाहिक खुशी प्राप्त हुने । यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको लागि समय राम्रो छ । विद्यार्थी तथा व्यवसायीहरुलाइ पनि दिन शुभ रहनेछ, लगानीलाइ आज दिन राम्रो रहनेछ ,
(१२) मीन राशी
मानसिक चिन्ता पर्नेे खालको समय छ, संचित धन खर्च हुने, बन्धुजनसँग मनमुटाव हुने, खानपान तथा पारिवारिक सुखमा कमि आउने, आँखा, दाँत वा अनुहार सम्बन्धित समस्या हुन सक्ने, बोल्दाखेरी सोचेर बोल्नु होला, गरेका कामहरुमा बाधा आउने, पाप कर्मतिर मन जान सक्ने, पढाइ लेखाइमा मन नजाने, व्यापार व्यवसायमा समस्या आउने भएकोले लगानी गर्दा सचेत रहनु होला,