ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

हिमालको फोहोर संकलन गर्दै नेपाली सेना

काठमाडौं फागुन ६ । नेपाली सेनाले ८ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्ने जनाएको छ ।

सन् २०१९ मा सगरमाथाबाट ५ टन फोहोर संकलन गरेको सेनाले यसपटक ८ वटा हिमालबाट ३५ टन फोहोर संकलन गर्न लागेको हो ।

सफा हिमाल आभियान अन्तर्गत सेनाले सगरमाथा, ल्होत्से, मकालु, धौलागिरी, पुमोरी र आमादम्बलम हिमालमा सरसफाइ गर्न लगाएको हो ।

नेपाली सेनाको अगुवाइमा नेपाल पर्यटन विभाग, योजना तथा अनुगमन महाशाखा, नेपाल पर्यटन बोर्डसहित विभिन्न निकायसँग सहकार्य गर्ने सेनाले जनाएको छ ।

पर्वतारोहीलाई थप आकर्षण हुँदै भावी पुस्तालाई पनि हिमाल संरक्षणका लागि सन्देश मिल्ने सेनाको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *