ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२ साताभित्र २० लाख खोप ल्याइसक्ने – स्वास्थ्य मन्त्री

काठमाडौं, फागुन ६ । खोप अभियान सरकारले कोरोना विरुद्धको खोप अभियानलाई तिब्र बनाउने तयारी गरेको छ । भारतसँग खरिद संझौता भएको २० लाख डोज दुइ सातामा आइपुग्ने र फागुन २३ गतेदेखि ६० बर्ष माथीका लागी खोप लगाउने सरकारको तयारी छ । त्यस्तै चीनिया खोपलाई पनि आपत्कालिन प्रयोगका लागि अनुमति दिइएको छ ।

सरकारले चिनियाँ कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोपलाई पनि आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागले सिनोफार्म अन्तर्गत बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको ‘सार्स कोभ- २ भ्याक्सिनलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो ।

यसअघि विभागले अक्सफोर्ड युनिभर्सिटी र बेलायति कम्पनि एस्ट्राजेनेकाले निर्माण गरेको तथा सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई आकस्मिक प्रयोगका लागि माघ २ गते अनुमति दिएको थियो । यसैगरि सरकारले कोरोना विरुद्धको खोप अभियानलाई तिब्र बताउने तयारी गरेको छ ।

बिहिबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख डोज खोप खरिद प्रकृया शुरु भएको र २ साता भित्र नेपाल ल्याइसक्ने जनाएका छन । यससँगै कोभ्याक्स अन्तर्गतको खोप पनि छिट्टै आइपुग्ने मन्त्री त्रिपाठीको भनाई छ । नीजि क्षेत्रलाई समेत खोप किन्ने अनुमति दिए पनि आम नागरिकलाई सरकारले निशुल्क खोपको ब्यवस्था गर्ने मन्त्री त्रिपाठीले बताएका छन ।

सरकारले चीनिया खोपलाई पनि अनुमति दिएसँगै अनुदान स्वरुप उपलब्ध गराउने भनिएको ५ लाख डोज ल्याउन पनि बाटो खुलेको छ । भारतबाट खरिद गरिएको खोप,कोभ्याक्स अन्तर्गतको खोप र चिनबाट आउने खोप झण्डै एकैपटक हुने हुनाले खोप अभियानलाई थप ब्यवस्थित र तिब्र बनाउन सरकार जुटेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *