ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अदालतको अपहेलनाको मुद्दामा जवाफ दिन प्रधानमन्त्री सर्वोच्च जाँदै

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं, फागुन ६ । प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुनुहुने भएको छ ।

प्रधानमन्त्री ओली अहिले केहीबेरमा लिखित जवाफ बोकेर सर्वोच्च जाने उहाँको सचिवालयले जनाएको छ ।

गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्रीविरूद्ध अपहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो ।

अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले पनि प्रधानमन्त्रीले विचाराधीन मुद्दामा टिप्पणी गरेको र अधिवक्ताहरूलाई अशिष्ट र अमर्यादित भाषा प्रयोग गरेको भन्दै अपहेलनाको मुद्दा पेश गर्नुभएको थियो ।

गत माघ ९ गते कार्की ब्याङ्केटमा दिएको अभिव्यक्तिविरूद्ध आचार्य र न्यौपानेले मुद्दा हालेका हुन् ।

प्रधानमन्त्री ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीबारे टिप्पणी गर्दै ‘एकजना बाजे वकिललाई समेत लिएर गएछन् तमासा देखाउन’ भन्ने टिप्पणी गर्नुभएको थियो ।

अदालतको बहसलाई तमासा र कानुन व्यवसायीलाई बाजे टिप्पणी गर्नु निन्दनिय भएको भन्दै मुद्दा परेको हो ।

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *