ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

च्याम्पियन्स लिगमा एफसी पोर्टोसँग युभेन्टस स्तब्ध

एजेन्सी, फागुन ६ । च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमुण्डले सेभिल्लालाई पराजित गर्दा अर्काे खेलमा पाेर्टाेसँग युभेन्टस स्तब्ध भएकाे छ ।

च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्टस स्तब्ध भएको हाे । अवे मैदानमा भएको खेलमा इटालियन क्लब युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग २–१ ले पराजित भएको हो ।

क्रिष्टियानो रोनाल्डोसहितको युभेन्टसले प्रदर्शन राम्रो गरे पनि जितका लागि आवश्यक गोल गर्न सकेन । पोर्टोले दुवै हाफको पहिलो मिनेटमा गोल गरेको हो ।

उसका लागि मेहदी तारेमीले खेलको पहिलो तथा मौसा मारेगाले ४६ औँ मिनेटमा गोल गरे । युभेन्टसका लागि ८२ औँ मिनेटमा फेदेरिको केइजाले एक गोल फर्काए । दोस्रो लेग आउँदो मार्च ९ मा युभेन्टसको मैदानमा हुनेछ ।

राति नै भएको अर्को खेलमा युभेन्टसलाई एफसी पोर्टोले दुई एक गोल अन्तरले हराएको छ । पोर्टोका लागि मेहेदी तारेमी र मौसा मारेजाले एक एक गोल गरे ।

युभेन्टसका फेडेरिको चिएसाले एक गोल फर्काए । पराजयसँगै युभेन्टसको क्वाररफाइनल यात्रा कठिन भएको छ ।

गएराति भएको अन्तिम १६ को पहिलो लेगमा डर्टमुण्ड सेभिल्लालाई ३–२ गोल अन्तरले हराएको हो । डर्टमुण्डका लागि हाल्याण्डले दुई र मोहोमद दाहुदले एक गोल गरे । सेभिल्लाका सुसो र लुक डे योङले एक एक गोल गरेका थिए ।

पहिलो लेगमा जित निकालेसँगै डर्टमुण्डले क्वाटरफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *