ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२०७७ फागुन ६ बिहीबारकाे राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज मिति २०७७ साल फागुन ६ गते बिहीबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको १८ तारिख, माघ शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, भरणी नक्षत्र, षष्ठी तिथी, ब्रम्हा योग, तैतिल करण, आज चन्द«मा मेषमा राशीमा रहने छ , आजको अभिजित मूहूर्त बिहानको ११ बजेर ५५ मिनेटबाट १२ बजेर ४० मिनेटसम्म रहने छ, आजको राहुकाल दिउँसोको १ बजेर ४२ मिनेटबाट ३ बजेर ०७ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।

(१)मेष राशी

दिन अनुकुल छ । सकारात्मक विचार र उत्साहले मनोबल बढने, पारिवारिक तथा घरायसी सुख प्राप्ति, पराक्रममा वृद्धि, खर्चमा कमि आउने, मानसिक  अशान्ति र छटपटिमा कमी आउने । रोग व्याधिबााट विस्तारै छुटकारा पाइने ।। मिष्ठान भोजन प्राप्ति, दाम्पत्यजीवन सुमधुर रहने, शारिरिक सुखमा ध्यान जाने,  व्यापार व्यवसायमा नयाँ सकारात्मक परिवर्तन हुन सक्ने, मुद्दा मामिलाको झंझटबाट राहत मिल्ने , कसै कसैलाई घरबाट टाढा बाहिर जानुपर्ने अवस्था पनि आउन सक्छ ।

(२) वृष राशी

समय प्रतिकूल छ । पराक्रममा कमी । आलस्य बढने । खर्चमा वृद्धि । शोक पर्ने, कानूनी झमेला लाग्न सक्ने, संक्रामक रोगको चपेटामा परिने, शारिरिक कष्ट, आँखा तथा अनुहारमा समस्या, धनको नोक्सानी, मान सम्मानमा कमी, सन्तान पक्षबाट तनावको स्थिति आउन सक्छ । विद्यार्थिवर्गको लागि वैदेशिक पढाई तथा प्राविधिक विषयको पढाइको लागि दिन शुभ छ । व्यापार व्यवसायमा बाह्य लगानीको सम्भावना राम्रो छ ।

(३) मिथुन राशी

दिन राम्रो रहनेछ , आय आम्दानीमा बृद्धि, गरिएका प्रयासहरुले विविध लाभ दिनेछ । सन्तान सुख पाइने वा सन्तानहरुबाट खुशी प्राप्त हुने, मित्र भेटको सम्भावना वा मित्र बाट फाइदा पाइने । साथीहरुसँग हास परिहास हुने, स्त्री सुखमा समय व्यतित हुने वा स्त्री पक्षबाट लाभ मिल्ने योग छ, उत्तम परिकारजन्य भोजनको प्राप्ति । परिवार कुटुम्बबाट लाभ प्राप्त हुने योग छ । कुनै पनि नयाँ कार्य वा महत्वपूर्ण कार्य आजै सम्पन्न गर्नुहोला । व्यापार व्यवसायमा पर्याप्त लाभ हुने दिन छ ।

(४) कर्कट राशी

समय राम्रो छ । भाग्यले साथ दिने, चिताएको पुग्ने, घरायसी सुख मिल्ने, कार्य स्थलमा सफलता मिल्नेछ, उत्तम स्वास्थ्य, जागीरमा हुनेहरुलाइ मान सम्मान, बढुवा को सम्भावना । आफूभन्दा माथिकाहरुले तँपाइको कदर गर्नेछन् । सार्वजनिक, राजनैतिक तथा सांगठनिक क्षेत्रमा हुनेहरुलाइ विशेष अवसर प्राप्त हुने सम्भावना छ । पारिवारिक विवाद र मानसिक तनाबबाट भने टाढै रहनु होला,

(५) सिंह राशी

समय प्रतिकूल छ । भाग्यले साथ नदिएको जस्तो अनुभव हुने, चिन्ता, कलह, आर्थिक नोक्सान, विवाद र झगडा आदि हुने योग छ, सरकारी झंझट र बाधा ले मनमा तनाव दिने, कुनै कानूनी समस्याको सामना गर्नुपर्ने, सन्तान सँग मतभेद हुने अथवा सन्तानको स्वास्थयमा समस्या आउने, रोगव्याधिले सताउन सक्ने, बिशेषतः छाती, पेट सम्बन्धि पुरानो समस्या बल्झिन सक्ने, । पारिवारीक समस्या, दुर्घटना वा चोट लाग्ने जस्ता अप्रत्यासित घटनाहरु हुन सक्ने, मान प्रतिष्ठा मा धक्का लाग्ने, बन्न आँटेको काम विग्रने सम्भावना भएकोले सावधान रहनु होला । लगानीको लागि भने आज दिन राम्रो छैन ।

(६) कन्या राशी

समय राम्रो रहने छैन । आर्थिक पक्ष कमजोर रहने, मानसिक तथा पारिवारिक समस्याले तनाव दिन सक्ने, समयमै कामहरु नबन्ने,  खानपान नमिल्ने, स्वास्थ्यको ख्याल गर्ने विशेष गरि रुघा खोकी, निमोनिया,  श्वास तथा छाति सम्बन्धि समस्या हुनेहरुले विशेष सतर्कता अपनाउनु पर्नेछ, नेत्र पीडा वा अनिद्राको समस्याले पनि दुख दिन सक्नेछ, कलह र विवादबाट टाढा रहनु भएमा दिन श्रेयस्कर रहनेछ,

(७) तुला राशी

दिन अनुकुल रहनेछ । मन प्रसन्न रहने, पारिवारिक   तथा सामाजिक सुखले सकारात्मक उर्जा प्राप्त हुने , भोग विलास र मनोरन्जन सुख,  वाहन सुख, वैवाहिक सुख, मानसम्मानको प्राप्ति, स्वागत सत्कारमा वा मीठो खानपानमा सरीक भइने, धनलाभ हुने, रोकिएको कार्य बन्नुको साथै शत्रुजनित पीडाबाट मुक्ती पाइन योग छ ।  विद्यार्थी वर्गहरुलाइ दिन राम्रो रहने छ । व्यापार व्यवसायमा लाभ । नयाँ कार्यमा लगानीको लागि समय राम्रो छ ।

(८) वृश्चिक राशी

दिन उत्साहजनक रहनेछ । आनन्दमय शुरुवात हुने, धन लाभ हुने, आरोग्यता प्राप्ति हुने, कार्य क्षेत्रको गतिरोध हटने, मानसिक तनावमा कमी आउने,  शत्रूहरु पराजित हुने , मान सम्मान पाइने अथवा अरुले तँपाइको कदर गर्नेछन, पारिवारिक दाम्पत्य सुखमा वृद्धि हुने । प्रेम सम्बन्धमा मधुरता आउने ।  महिलाहरु सँगको सम्पर्क बढने । विद्यार्थीहरुलाइ दिन राम्रो हुनेछ,। अनावश्यक खर्चमाथि ध्यान दिनुुहोला,

(९) धनु राशी

दिन प्रतिकुल छ । निर्णयहरु गलत हुने, धनको नोक्सानी या अनावश्यक खर्च हुने, स्वास्थय हानी विशेषत पेट सम्बन्धि समस्या आउन सक्ने,  सन्तानको तर्फबाट चिन्ता वा सन्तानलाई कष्ट पर्ने योग देखिएको छ। यात्रामा कष्ट तथा दुर्घटना को संभावना, कार्यक्षेत्रमा असफलता, दाम्पत्य तथा प्रेम सम्बन्धमा असमझदारी बढन सक्ने, कामुकता बढने, विद्यार्थीहरुको पढाइमा समस्या आउने , व्यापारी तथा व्यवसायी वर्गहरुले विशेष सावधानी अपनाउनु होला ।

(१०)मकर राशी

प्रतिकूल समय छ । घरायसी तथा मानसिक सुखमा कमी, आफन्तहरुसँग वैमनस्यता बढने, स्थाई सम्पत्ति सम्बन्धि विवाद हुन सक्ने,  मन चंचल रहने, स्वास्थ्यको विशेष ख्याल गर्नुपर्नेछ, खानपानमा ध्यान दिने, निद्रामा समस्या, छातीमा कष्ट, पीडा, धनहानी, मानसिक सन्ताप पर्ने, जल तथा स्त्रि जातिबाट भय वा समस्या आउन सक्ने, चिसोजन्य तथा संक्रामक रोगहरुबाट आज सावधान हुनुहोला, व्यवसाय तथा अफिसमा गतिरोधको सामना गर्नुपर्ला । लगानीलाइ समय अशुभ छ,

(११) कुम्भ राशी

दिन राम्रो छ, भाग्यले साथ दिनेछ । पराक्रम बढने, निरोगिताको प्राप्ति, कार्यमा सफलता, मान सम्मान मिल्ने, आर्थिक पक्षमा सुधार देखा पर्ने, वस्त्र लाभ, मित्र सुख, शत्रु पराजित हुने, आफन्तजनसँग सम्बन्ध राम्रो हुने, सकारात्मक व्यक्तिहरुसँग सम्पर्क बढने, वैवाहिक खुशी प्राप्त हुने ।  यात्रा वा भ्रमणको स्थिति बन्ने योग छ, प्रेम सम्बन्धको  लागि समय राम्रो छ । विद्यार्थी तथा व्यवसायीहरुलाइ पनि दिन शुभ रहनेछ, लगानीलाइ आज दिन राम्रो रहनेछ ,

(१२) मीन राशी

समय प्रतिकुल छ, मानहानी, धन संग्रहमा बाधा, प्रत्येक कार्यमा खर्च भएर मानसिक तनाव हुने, व्यवसायमा घाटा, कार्यहरुमा बाधा आउन थाल्ने, धनको नोक्सानी, आँखा वा अनुहारमा समस्या आउन सक्ने, खानपानमा समस्या देखा पर्ने, पढाइ लेखाइमा मन नलाग्ने कुटुम्बहरुसँग मनमुटाव हुने स्थिीति बन्नेछ ।  मनमा खराब प्रवृत्तिको सोच आउन आउन सक्छ, बोल्दा सचेत हुनुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *