चिनमा निर्माण भएको सार्स कोभ -२ खोप नेपालमा आपतकालिन प्रयोगका लागि अनुमति,
फागुन ५,काठमाडौं । नेपालले चिनियाँ कम्पनीले उत्पादन गरेको कोरोना विरुद्धको खोपलाई पनि आकस्मिक प्रयोगको लागि अनुमति दिएको छ। औषधि व्यवस्था विभागले सिनोफार्म अन्तरगतको बेइजिङ इन्स्टिच्युट अफ बायोलोजिकल प्रडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको ‘सार्स -कोभ -२ भ्याक्सिन (भेरो सेल)लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ ।
यसअघि विभागले अक्सफोर्ड युनिभर्सिटी र बेलायति कम्पनि एस्ट्राजेनेकाले निर्माण गरेको र सेरम इस्न्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड खोपलाई आकस्मिक प्रयोगको लागि माघ २ गते अनुमति दिएको थियो।
चिनियाँ कम्पनीको खोपलाई औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा विभागले बुधबार आकस्मिक प्रयोगका लागि अनुमति दिएको हो।
चिनले नेपालमा ५ लाख डोज खोप निशुल्क उपलब्ध गराउने निर्णय गरेको छ। विभागको यो निर्णयसँगै खोप नेपाल आउने बाटो खुलेको छ ।