ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

अब देशभरका २९ प्रयोगशालाबाट मात्र पिसिआर परिक्षण हुने_स्वास्थ मन्त्रालय

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

फागुन ५,काठमाडौं । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रेस ब्रीफीङमा बोल्दै प्रवक्ता प्रा डा जागेश्व गौतमले बुधबार  कोरोना  परीक्षण गर्ने सरकारी प्रयोगशालाको संख्या घटाएको बताए ।देशभरका ८३ वटा प्रयोगशालाबाट हुँदै आएको पिसिआर परिक्षण बुधबार बाट २९ वटा प्रयोगशालामा हुने बताए ।

प्रवक्ता गौतमकाअनुशार  इन्सिडेन्ट कमाण्ड सिस्टम (आइसिएस)को बुधबार  बसेको बैठकले अबबाट  देशभरका २९ वटा प्रयोगशालामा मात्र परीक्षण गर्ने निर्णय गरेको बताए। २९ वटा प्रयोगशालालाई मात्र स्वास्थ्य सेवा विभाग र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट आवश्यक सामग्रीको व्यवस्थापन गरिने बताए ।

सात प्रदेशको कहाँ कहाँ गरीन्छ त पिसिआर परिक्षण ?

स्वास्थ्य मन्त्रालयले प्रदेश १ मा कोशी अस्पताल, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मेची अस्पताल र  प्रदेश जनस्वास्थ्य प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्ने व्यवस्था गरेको छ।

प्रदेश २ मा नारायणी अस्पताल, गजेन्द्र नारायण सिंह अस्पताल राजविराज र प्रदेश जनस्वास्थ्य प्रयोगशालाले मात्र पिसिआर परीक्षण गर्ने प्रवक्ता गौतमले बताए। 

बागमती प्रदेशमा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, धुलिखेल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल, भरतपुर अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, हेटाैँडा अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, प्रहरी अस्पताल र सशस्त्र प्रहरी अस्पतालले मात्र पिसिआर परीक्षण गर्नेछन्। 

यस्तै, गण्डकी प्रदेशमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र बागलुङ अस्पताल, लुम्बिनी प्रदेशको भेरी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान यसको सूचीमा छन्। 

कर्णाली प्रदेशको प्रदेश जनस्वास्थ्य प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला रहेका छन् भने सुदूरपश्चिम प्रदेशमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला र डडेल्धुरा अस्पतालको पिसिआर परीक्षण गर्ने मन्त्रालयले जनाएको छ। 

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *