ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछिल्लो समय आन्दोलनहरुमा महिलाका मुद्दा प्राथामिकताका साथ उठनुमा लिडरसिपमा महिला हुनु_अभियान्ता

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

फागुन ५ काठमाडौं । प्रतिनिधिसभा विघटनकोविरुद्ध नागरिक आन्दोलन जारी रहेको समयमा महिला सम्बन्धि मुद्धाहरुले पनि प्राथमिकता पाउन थालेका छन् । जारी आन्दोलनमा महिलाविरुद्ध हिंसाका घटनालाई जोडेर महिला मुद्धालाई महत्व दिइएको देखिन्छ । मुलधारे राजनीतिको चासो महिला मुद्धामा हुनु र महिलाको चासो मुलधारको राजनीतिमा बढ्नुको संयोग के हो त ?


संबिधानको व्यवस्था र राजनीतिक सहभागिताका दृष्टिले नेपालमा महिला अधिकारको अवस्था विश्वका धेरै देशको तुलनामा राम्रो मानिन्छ । यद्यपि लेखिएको र देखिएकोमा फरक रहेको बताउनेहरु धेरै छन् । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि बढेका राजनीतिक विरोधसँगै महिला सम्बन्धी मुद्धालाई लिएर राजनीतिक दलका एजेण्डा तय हुने र राजनीतिक एजेण्डामा महिलाको चासो बढ्नै सँगै भैरहेको देखिन्छ । अहिले दैनिक हुने नागरिक आन्दोलनमा महिला सहभागिता उल्लेखनीय त छ नै त्यसमा महिलाका मुद्धाको प्रभाव पनि हावी हुन थालेको देखिन्छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपाको दाहाल नेपाल समूहले आगामी चरणको आन्दोलनमा महिला हिंसा विरुद्धको विषयलाई प्रमुख नै बनाएको छ । महिला केन्द्रित सामाजिक आन्दोलनमा राजनीतिको चासो बढ्नु र राजनीतिक आन्दोलनमा महिलाको चासो बढ्नु बढ्दा यस्ता आन्दोलन दर्विलो बन्ने बताउँछन् प्राज्ञ तथा नागरिक अभियन्ता डा संजीव उप्रेतीले बताए।

महिला अधिकारकर्मीहरु विश्वका एउटै काल खण्डमा थुप्रै देश महिला सहभागिताको सवालमा नेपाल भन्दा धेरै पछि रहेको भएपनि अहिले ती देशले समेत व्यवहारिक महिला मुद्धा सम्बोधनमा नेपाललाई पछि पारेको बताउँछन् । पछिल्लो समय नेपालमा पनि महिला अधिकार राजनीतिक अधिकारको विषय बन्न थालेको र महिलाले पनि राजनीतिक अधिकारमा चासो बढाएको अभियन्ता मोहना शेर्पाको बुझाई छ । यद्यपि संसद विघटनविरुद्धको आन्दोलनमा महिलाका मुद्धा मिसिनु संयोगमात्र भएको दाबी उनले गरिन् ।

प्रतिनिधिसभा विघटनविरुद्धको नागरिक आन्दोलनमा सकृय सहभागिता जनाउँदै आएकी प्रकृति भट्टराई महिलाले पनि नेत्रृत्व लिने बेला आएको बताउछिन् । लोकतन्त्रको रक्षा भएमात्रा महिला, दलित अल्पसङ्ख्यक लगायत पछि पारिएका समुदायकोको अधिकार संरक्षण हुने भन्दै उनले महिला अधिकारका विषय प्रमुखताका साथ नसमेटिएकै कारण युवा र महिलाहरु थप जुट्नुपर्ने अवस्था आएको उनको तर्क छ ।

अहिले नेपालमा चलिरहेका राजनीतिक प्रदर्शन तथा अन्य मञ्चहरुमा महिलाका मुद्धाले विशेष प्राथमिकता पाइरहेका छन् । यही समयमा बैतडीमा एक किशोरीको बलात्कार पछि हत्या भएपछि यो विषयले पनि महिलाहिंसा विरुद्धका मुद्धा उठानमा योगदान दिएको देखिन्छ । मुलधारे राजनीतिको चासो महिला मुद्धामा हुनु र महिलाको चासो मुलधारको राजनीतिमा बढ्नु सुखद् संकेत हो । तर राजनीतिक विरोध वा आन्दोलनको समयमा प्राथमिकता दिइए जस्तो देखिने यस्ता मुद्धाले सामाजिक आन्दोलनकोरुपमा सधैं महत्व पाउनसकेमात्र सामाजिक न्याय र समतामुलक समाजको अपेक्षा गर्न सकिन्छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *