ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर १२५ जनामा कोरोना संक्रमण

फागुन ५,काठमाडौं । गत चौबीस घण्टामा ३ हजार ८ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा १ सय २५ जना कोरोना संक्रमण पुष्टि भएको छ । यो सगै देशभर कुल संक्रमितको संख्या २ लाख ७३ हजार ७० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले बताए ।

बुधबार कुनै पनि संक्रमितको कोरोनाका कारण मृत्यु भएको छैन। गत चौबीस घण्टामा ९१ जना उपचारपछि डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार ३ सय ९४ पुगेको मन्त्रालयले जनाएको छ।

हाल देशभर ७२ जना क्वारेन्टिनमा रहेका छन् भने  १ हजार ६ सय २१ जना सक्रिय संक्रमित छन्।यस्तै देशभर हाल ७४ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *