खुलामञ्च खाली गर्न काडमाडाैं महानगरपालिकाले लगायाे डोजर
काठमाडौं, फागुन ५ । काठमाडौं महानगरपालिकाले खुलामञ्च खाली गर्ने अभियान शुरु गरेको छ ।

राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनर्निर्माण कार्य सम्पन्न चरणमा पुगेको भन्दै ती संरचना पुनर्निर्माणका लागि थुपारेका निर्माण सामग्री र संरचना हटाई महानगरपालिकाले खुला गर्ने पहल शुरू गरेको हो ।

काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यका अनुसार, ‘राष्ट्रिय महत्वको संरचना दरबार हाइस्कुल र वीर अस्पतालको पुनर्निर्माणको क्रममा त्यहाँ प्रयोग हुने निर्माण सामग्री र त्यहाँ काम गर्ने केही कामदारलाई राख्नका लागि उहाँहरुको आग्रहमै हामीले त्यहाँ सहमति दिएका थियौं, ’ उहाँले भन्नुभयो, ‘वीर अस्पताल र दरबार हाईस्कुलको पुनर्निर्माण सम्पन्न चरणमा पुगेपछि हामीले उहाँहरुलाई पनि जानकारी दिएर खुलामञ्चलाई खुला गर्ने अभियान थालेका हौं ।’ साथै उहाँले बसपार्क पनि विस्तारै खुला गर्ने जानकारीसमेत दिनुभयाे ।
