ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

व्यक्ति नभइ मुद्धाको विजय गराउन महासचिवमा मेरो उमेद्वारी – राजु निरौला

काठमाडौं फागुन ५ । बर्षेनी उच्च शिक्षाका लागि नेपालबाट विदेश जाने विद्यार्थीको सङ्ख्या लाख बढी हुने गर्छ । एसईई र कक्षा १२ को नतीजा आउने वित्तिकै विद्यार्थी तथा अभिभावक परामर्श दाताको खोजिमा निस्कने गर्छन् । तर कोरोना महामारीका कारण पछिल्लो एक बर्ष विदेश जाने विद्यार्थी शून्य भए । त्यसो त विद्यार्थीमात्र हैन अन्य क्षेत्र पनि प्रभावित भयो । जसका कारण सरकारले नै आवता जावतमा प्रतिवन्ध लगाउन वाध्य भयो ।

करिव एक बर्षको महामारी पछि कोरोना विरुधको खोपको विकास र प्रयोग समेत भपछि सवै क्षेत्र पुरानै अवस्थामा फर्कन थालेका छन् । कोरोना महामरीको प्रकोप नेपालमा भन्दा बिकसित मुलुकमा बढि भएकाले विद्यार्थी विदेश जाने वा नजाने अन्योलमा छन् भने अभिभावकले समेत विदेश पठाउन खासै चासो देखाएका छैनन् । त्यसमाथी विदेश गएर स्वदेश फर्किएका विद्यार्थीहरु कति छन् ? के गर्दैछन् भन्ने तथ्याङ्क समेत सरकारसंग नहुदाँ उनीहरुको खासै वास्ता हुन सकेको छैन ।

त्यसमाथी मेनवापावर व्यवसायीसंगै शैक्षिक परामर्श दातालाई समेत जोडेर एउटै बास्केटमा राख्ने गरेको भन्दै शैक्षिक परामर्शदाताहरुको गुनासो समय समयमा आउने गरेको छ । शैक्षिक परामर्शका क्षेत्रमा देखिएका यावद समस्या समाधान त छ दै छ । आस्नन स्वतन्त्र शेक्षिक परामर्स संघ नेपाल (फेकन)को दशौं महाधिवेशनले भने केही माहोल तातेको छ । दुई बर्षे कार्यकाल सफता पुर्वक पुरा गरिसकेका युवराज कटुवालले नयाँ नेतृत्वले फेकनलाई नयाँ दिशा प्रदान गर्न सक्ने टिम आउनु पर्नेमा जोड दिइरहेका छन् ।

फेकनको दशौं महाधिवेशन नजिकिदैं गर्दाँ नयाँ नेतृत्वका लागि ठूलै दौड धुप देखिएको छ । प्यानल नै बनाएर मैदानमा नेतृत्वका प्रत्यासी भोट मागि रहेका कारण चुनाव निक्कै रोचक बन्ने निस्चित त छदै छ । कोरोना महामारिले आक्रान्त बनेको परामर्श क्षेत्र उकास्न पनि तेतिकै नयाँ नेतृत्वलाई चूनौतिका चाम देखिन्छ ।

यसरी चूनौतिका विच दशौं महाधिवेशनमा फेकनको महासचिवका लागि उमेद्वार बनेका  राजु निरौलाले व्यक्ति नभइ मुद्धाको विजय गराउनु पर्ने समय आएको भन्दै उमेद्वारी प्रस्तुत गरेका छन् । अध्यक्षले लिएका मुद्धालाई स्थापित गर्दै फेकनलाई अन्तराष्ट्रिय स्तरको सस्थाका रुपमा विकास गराउने उदेशय राखेको बताउने निरौला त्तकाल विदेशी विश्व विद्यालयसंग छलफल गरी विद्यार्थीलाई शिक्षाका लागि बाटो खोल्ने तर्फ ध्यान केन्द्रित गर्ने दावी गर्छन् ।

कतिपय सरकारी निर्णयका का कारण विद्यार्थी तथा अविभावक आर्थिक मारमा पर्ने गरेको बताउदै निरौलाले विद्यार्थीको ट्युशन शुल्क पठाउदाँ लाग्ने दुई प्रतिशतक कर फिर्ता गर्ने अन्यथा विद्यार्थी विमा वा विद्यार्थी कल्याण कोषमा जम्मा हुने वातावरण तय गर्न सरकारसंग छलफल तथा प्रयास गर्ने समेत दावी गरेका छन् ।

सातवटै प्रदेशमा फेकनको प्रादेशिक संरचना विस्तार गर्ने योजना सुनाउने निरौलाको अर्को महत्वपुर्ण लक्ष शैक्षिक परामर्श भित्र देखिएका समस्या समाधान गर्दै परामर्षदाता र मेनपावरलाई एउटै टोकरीमा हालेर हेर्ने प्रविर्तिको अन्त्य रहेको जनाएका छन् । नेपालका केही क्षेत्रमा विदेशी विद्यार्थीको आकर्षण रहेको भन्दै त्यसता क्षेत्रमा विदेशी विद्यार्थी भित्र्याउन पहल गर्ने उनको योजना छ ।

नेपालबाट उच्च शिक्षाका लागि विदेश गएर फर्केका विद्यार्थीको यकिन तथ्याङ्क समेत सरकारसंग नभएको समयमा यस्ता विद्यार्थीको पहिचान र एकिकृत गर्दै उनीहरको शिपलाई देश निर्माणमा लगाउने समेत निरौलाले योजना बनाएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *