ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२०७७ फागुन ५ बुधबारकाे राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

आज मिति २०७७ साल फागुन ५ गते बुधबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको १७ तारिख, माघ शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, अश्विनी नक्षत्र, षष्ठी तिथी, शुक्ल योग, कौलव करण, आज चन्द«मा मेषमा राशीमा रहने छ , आजको अमृत समय बिहानको ८ बजेर ५ मिनेटबाट ९ बजेर २९ मिनेटसम्म रहने छ, आजको राहुकाल दिउँसोको १२ बजेर १८ मिनेटबाट १ बजेर ४२ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।

आज मिति २०७७ साल फागुन ५ गते बुधबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको १७ तारिख, माघ शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, अश्विनी नक्षत्र, षष्ठी तिथी, शुक्ल योग, कौलव करण, आज चन्द«मा मेषमा राशीमा रहने छ , आजको अमृत समय बिहानको ८ बजेर ५ मिनेटबाट ९ बजेर २९ मिनेटसम्म रहने छ, आजको राहुकाल दिउँसोको १२ बजेर १८ मिनेटबाट १ बजेर ४२ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।

(१)मेष राशी

सुख र आनन्द प्राप्त हुने खालको दिन रहन सक्छ, भाग्यले साथ दिने, रोगव्याधिबाट छुटकारा, उत्तम भोजन, वस्त्र र शयन सुख प्राप्त हुने, धन तथा उपहार प्राप्ति, आर्थिक लाभ, आदर सत्कार को साथै मित्र तथा स्त्रि वर्गहरुको सहयोग पाइने, समय भोग विलास र रमाइलोमा बित्न सक्नेछ,

(२) वृष राशी

दिन अनुकुल छैन, खर्चमा बृद्धि, बोली रुखो वा छुच्चो हुने, कुटुम्ब हानी, शारिरिक कष्ट, मानसिक अशान्ति, आर्थिक नोक्सानी हुने, धन तथा मानसम्मानको हानी, निरर्थक धपेडी हुने, ,सन्तानको तर्फबाट सुख नपाइने, आँखा तथा अनुहारमा समस्या आउन सक्ने, घमन्डले अप्ठयारो पर्न सक्छ, लगानीलाइ आज दिन राम्रो छैन,

(३) मिथुन राशी

मन प्रसन्न रहनेछ, शुभ समाचार आउन सक्छ, जागीर, रोजगार तथा व्यवसायको क्षेत्रमा महत्वाकांक्षा पूरा हुने, आय आम्दानीमा वृद्धि हुने, व्यापारमा पर्याप्त लाभ, सन्तान सुख, समयानुकुल उत्तम भोजन तथा साथीभाइ सँग रमाइलो जम्ने योग छ, महिला वर्गबाट लाभ अथवा स्त्री सुख वा भोग विलासमा समय बित्न सक्नेछ । लगानीको लागि समय राम्रो छ ।

(४) कर्कट राशी

दिन शुभ रहनेछ । ईच्छित फल पाउने बलियो सम्भावना छ । शारिरीक निरोगीता, उत्तम भोग विलास, भौतिक संशाधन तथा गृह सुख मिल्ने, कार्य व्यवसायमा पदोन्नति, परिवर्तन अथवा नेतृत्व प्राप्त हुने, आफुले मान्नु पर्नेहरुबाट आदर, सम्मान र विश्वास प्राप्त हुने योग छ । विद्यार्थिहरुको लागि समय राम्रो, व्यवसायी वर्गलाइ दिन राम्रो । यात्रा गर्दा भने सचेत रहनु पर्नेछ,

(५) सिंह राशी

परिस्थितीको अगाडि निरीह हुनुपर्ने अवस्था आउन सक्छ, गरे अनुसार जस नपाइने, सन्तानको स्वास्थ्यहानी अथवा सन्तानसँग मतभेद हुन सक्ने, स्वास्थ्यको विशेष ख्याल राख्नु पर्नेछ, राज्यको तर्फबाट अथवा सरकारी कर्मचारीहरुबाट समस्या निम्तिन सक्छ, भय र अपमानको वातावरण बन्न सक्छ, व्यवसायमा हानी को सम्भावना छ । शत्रुहरुबाट सावधान रहनु होला, 

(६) कन्या राशी

प्रतिकुल घटनाहरु हुने खालको दिन छ, सुखमा कमी, स्वास्थ्यको विशेष ख्याल राख्नु पर्नेछ, भोजनमा , खानपानको कारणले स्वास्थ्यमा गडबडी आउन सक्छ, अचानक हुने अनिष्ट घटनाले आज मन अशान्त हुन सक्छ, कुनै पनि प्रकारको कलह र विवादबाट आज बच्नुहोला, निरर्थक भयले ग्रसित हुने, दुख कष्ट पाइने र धनको गलत ठाउँमा खर्च हुने योग छ

(७) तुला राशी

दिन रमाइलो रहने छ, लाभकारक तथा सुखदायी बसाइ हुनेछ, आर्थिक लाभ, शैय्या सुख, उत्तम स्वास्थय, भौतिक विलासिताका सामग्रीको खरीद वा प्राप्ति, भोग विलास, मनोरन्जन वा रति सुखमा ध्यान जान सक्नेछ, दाम्पत्य सुख मिठो रहनेछ, कसै कसैलाई घर बाहिर बस्नुपर्ने अवस्था पनि आउन सक्ने अथवा छोटो खालको भ्रमण हुने योग देखिएको छ, व्यापार व्यवसायमा लाभको समय चलेको छ, समग्रमा  दिन शुभ रहनेछ ।

(८) वृश्चिक राशी

दिन राम्रो रहनेछ । शत्रुहरुबाट मुक्ति पाइने, समस्याहरुबाट छुटकारा मिल्ने, रोग नाश भइ  आरोग्यता प्राप्ति, शत्रुहरुमाथि विजय प्राप्ति, आर्थिक लाभ, परिक्षा प्रतियोगीतामा विजय प्राप्ति । यश र आनन्द प्राप्ति, व्यापार व्यवसायलाई दिन सफल रहनेछ । खर्चमाथि नियन्त्रण गर्नुपर्ने, र गलत व्यक्तिहरुको सम्पर्कबाट भने टाढा रहनु होला ।

(९) धनु राशी

मन अस्थिर र अशान्त रहन सक्छ, बुद्धि विवेक ले काम नगर्न सक्छ अथवा गलत निर्णय गर्न सक्छ । गरेको कार्य सफल पार्न निकै प्रयास गर्नुपर्नेछ, सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला, शत्रुजनित कष्ट, धनको नोक्सानी वा अनावश्यक खर्च हुने, निर्णयहरु गलत हुन सक्ने, स्वास्थ्यमा गिरावट आउने, पेट वा सो भन्दा मुनि कुनै पुरानो रोग छ भने बल्झिन सक्छ, कार्य स्थलमा सतर्क रहनुहोला, मनमा गलत विचारहरुलाइ ठाउँ नदिनुहोला ।

(१०)मकर राशी

दिन अनुकुल छैन, एक प्रकारको भय वा चिन्ताले सताइरहन सक्छ, आफन्त तथा नजीकका मान्छेहरुसँग मनमुटाव हुने, आत्मविश्वासमा कमी आउने, चित्त चंचल रहने, कसैलाई विश्वास गर्न मन नलाग्ने, निरर्थक चिन्ता र बेचैनीले ग्रस्त हुने, शारिरिक कमजोरी महसुस हुने, छाती तथा श्वासप्रश्वास सम्बन्धि समस्या उत्पन्न हुन सक्ने, स्त्रि सुखमा कमी, निद्रा तथा खानपानमा गडबडी हुने सम्भावना छ, चिसोले स्वास्थय खस्किन सक्छ, झोल चिज तथा स्त्रि वर्गबाट भने सचेत रहनु होला,

(११) कुम्भ राशी

भाग्य बलियो हुने दिन छ, गरेको कार्यहरुबाट मान, प्रशंसा आदर पाइने, धन आगमन हुने, मिठो खानपान तथा रमझम्मा समय बित्न सक्ने, लुगा कपडा वा अन्य भौतिक वस्तुको प्राप्ति, मन प्रसन्न रहने, स्वास्थ्य ठीक रहनेछ, भाइ बन्धुहरुबाट लाभ र सहयोग पाइने, शत्रुहरुबाट मुक्त भइने, प्रेमिहरुलाई चिताए अनुसार हुने, कार्यमा भने अवरोध आउने अथवा विलम्ब हुन सक्नेछ,

(१२) मीन राशी

मानसिक चिन्ता पर्नेे खालको समय छ, संचित धन खर्च हुने, बन्धुजनसँग मनमुटाव हुने, खानपान तथा पारिवारिक सुखमा कमि आउने, आँखा, दाँत वा अनुहार सम्बन्धित समस्या हुन सक्ने, बोल्दाखेरी सोचेर बोल्नु होला, गरेका कामहरुमा बाधा आउने, पाप कर्मतिर मन जान सक्ने, पढाइ लेखाइमा मन नजाने, व्यापार व्यवसायमा समस्या आउने भएकोले सचेत रहनु होला,

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *