ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

महिला लिगमा चन्द्रपुरको तेस्रो जित, चौदण्डीगढीले अझै खाता खोल्न सकेन

काठमाडौं, फागुन ४ । रौतहटको चन्द्रपुर नगरपालिकाले चौदण्डीगढी नगरपालिकालाई २–१ ले हराउँदै राष्ट्रिय महिला लिग फुटबलमा मंगलबार तेस्रो जित निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा चन्द्रपुरलाई जित दिलाउन रजनी थोकर र दिल कुमारी रानाले एक÷एक गोल गरे । जारी लिगमा कमजोर मानिएको चौदण्डीकी मनिता तामाङले एक गोल फर्काईन ।प्रतिस्पर्धात्मक बनेको खेलमा रजनी थोकरले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।

६७औं मिनेटमा दिलकुमारी राना मगरले गोल गर्दै चन्द्रपुरको अग्रता दोब्बर बनाउँदा त्यसको अर्को मिनेटमा चौदण्डीगढीकी मनिता तामाङले गोल गर्दै अग्रता घटाउने प्रयास गरिन । बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि सफल हुन सकेन र चौदण्डीगढीले नतिजा सुम्पिन बाध्य बन्यो ।

जितसँगै चन्द्रपुरले ११ खेलमा ९ अंक जोडेको छ । लिगमा तेस्रो जित निकालेको चन्द्रपुर छैटौं स्थानमा रहेको छ । उता अंकको खाता खोल्न असफल चौदण्डीगढीको यो लगातार ११ औं हार हो । अब चौदण्डीगढीको लिगमा एक मात्र खेल बाँकी रहेको छ । चौदण्डीगढी अंक विहीन रहदै पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *