ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रतिनिधि सभा विघटनको मुद्दाको बहस एमिकस क्युरीमा सुरु, फागुन १० सम्म फैसला हुने अनुमान

काठमाडौ फागुन ४ । प्रधानमन्त्री केपी ‌ओलीले संसद विघटन गरेपछि दायर मुद्दामा आजबाट एमिकस क्युरीको बहस सुरु भएको छ ।
संवैधानिक इजलासमा पक्ष र विपक्षका वकिलहरुको वहस तथा रिट निवेदक पक्षको जवाफी बहस सकिएपछि एमिकस क्युरीका तर्फबाट राय दिने क्रम सुर भएको हो ।
नेपाल बार एशोसियसनबाट ३ जना र सर्वोच्च अदालत बार एशोसियसनबाट २ जना वकिल सहितको एमिकस क्युरीले सुझाव दिएसंगै बहस सकिने छ ।
नेपाल बार एशोसियसनबाट गएका बद्रीवहादुर कार्की, विजयकान्त मैनाली र सतीशकृष्ण खरेल तथा सर्वोच्च बारबाट गएका पूर्णमान शाक्य र गीता संग्रौलाको एमिकस क्युयरीमा छन्
एमिकस क्युरीको बहस सकिएपछि अदालतले केही समय लिने र फैसला गर्ने छ । अदालतले चाहेमा बहस सकेर संच्छिप्त फैसला सुनाएर पूर्ण फैसला पछि सुनाउन सक्ने वा केही दिन लिएर पूर्ण फैसला गर्न सक्ने अधिवक्ता ओमप्रकाश अर्यालको भनाई छ । उनका अनुसरा फागुन १० नकट्ने अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *