ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

बृहत नागरिक आन्दोलन त्रिविमा, प्रहरीको हस्तक्षेप विरुध सडकमै कोडसभा

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

प्रतिनिधि सभा विघटनको विरुद्धमा सडक आन्दोलन जारी छ । सर्वोच्च अदालतमा जारी बहस अन्तिम चरणमा पुग्दै गर्दां सडक अझ तात्न थालेका छन् । नागरिक आन्दोलन अझ शसक्त बन्दै गर्दा उसमा मागहरु पनि फरिकलो बन्दै गएको छ । ओलीको कदमका साथै विश्वविद्यालयमा हुने राजनीतिको विरोधमा त्रिभुव विश्वविद्यालयको प्राङ्गडमा नै विरोध गरेको छ ।

हातमा प्लेकार्ड तथा विभिन्न साहितिक सामग्री बोकेका नागरिक अभियन्ताहरुले सडकबाटै ओलीको कदम विरोध गरेका छन् । कार्यक्रममा सहभागि नागरिक अगुवा विजयकान्त कर्णले २०४६ तथा २०६२-६३ मा समेत नागरिक आन्दोलनकै भरमा व्यवस्था परिवर्तन गरेको भन्दै ओलीको कदम पनि सच्याउन बाध्य पार्ने जिकिर गरे ।

नागरिक अगुवाले सोमबार आयोजना गरेको आन्दोलन भने शिक्षा क्षेत्रको कुरीति र वेथिति प्रति केन्द्रित थियो । विश्व विद्यालयमा हुने राजननीति,पदाधिकारी तथा क्याम्पस प्रमुख नियुक्तिमा हुने भाबन्डा देखि शैक्षिक वेरोजगारसम्मका प्रश्न सहित त्रिवि परिसरमै प्रदर्शन गर्यो ।

उक्त कार्यक्रममा पुगेकी विद्यार्थी नेतृ एलिजा ढकालले हामीले डिग्रीको सटिफिकेट त्रियुबाट लिने अनी रोजगारका लागि विदेश जानु पर्ने कहिले सम्म भन्दै प्रश्न गरिन् ।

किर्तिपुरको पाङ्गा दोवाटो बाट र्याली गर्दै उ त्रिभुव विश्वविद्यालय परिषरमा पुगेको वृहत नागरिक अभियानलाई आन्दोलनमा सहभागीको सामग्री प्रहरीले नियन्त्रणमा लिएको भन्दै केही बेर प्रहरी विरुधमा समेत नाराबाजी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *