ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

मेरो नेतृत्वमा सरकार गठन भएपछी अर्थतन्त्रले गति लिएको छ: प्रधानमन्त्री केपी शर्मा ओली

सेयर गर्नुहोस
  • 5
  •  
  •  
  •  
    5
    Shares

काठमाडौं फाल्गुन २ । सरकारको गठन भएको तिन वर्षको समिक्षा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफु नेतृत्वमा आएपछी अर्थतन्त्रले गति लिएको वताएका छन् ।

सरकार गठन भएको १ वर्षैमा ७ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको प्रधानमन्त्रीले वताएका छन् । ‘म आउँदा हाम्रो अर्थतन्त्र अस्थव्यस्थ अवस्थामा थियो । थलिएको र रुमलिएको र भद्रगोल पनि थियो । यस्तो रुमलिएको अर्थतन्त्रले सरकार गठन भएको १ वर्ष पुग्दा नपुग्दै लय समात्न सफल भयो । सरकारको पहिलो वर्षमा करिव ७ प्रतिशतको आर्थिक वृद्धि भयो । दोस्रो वर्ष ७ प्रतिशत भन्दा माथीको आर्थिक वृद्धि भयो । वेलायति पत्रिका ‘द इक्नोमिष्ट’ १० उच्च आर्थिक वृद्धि भएको मूलूकमा सुचीकृत गर्यो । अर्थतन्त्रका सबै क्षेत्रको वृद्धिदर ५ प्रतिशत भन्दा माथी रह्यो , प्रधानमन्त्री ओलीले भने ।’

प्रदेशगत रुपमा पनि सबै प्रदेशको आर्थिक वृद्धि ६ प्रतिशत भन्दा वढी रहेको प्रधानमन्त्रीले दावी गरेका छन् । ‘सरकारले कसैले नसोचेको कोभिड १९ को महामारीको चपेटमा फसेकोमा समयमा समेत नेपालको आर्थिक वृद्धि दर नकारात्मक नभएको प्रधानमन्त्रीले जिकिर गरे । यसले विश्व अर्थतन्त्रको संरचना नै भत्कायो केही मूलूकहरु आर्थिक बृद्धि नकारात्मक रह्यो कतिपय मन्दीको चपेटमा परे , कहियौ अर्थतन्त्र मन्दीको चपेटामा परे । हाम्रो पनि आर्थिक वृद्धिदर त घट्यो तर सरकारको सुझवुझ , नीतिगत स्पस्टता र पुर्व सक्रियताका कारण नेपाली अर्थतन्त्र मन्दीको चपेटामा परेन । तिन वर्षको औषत वृद्धि ५ प्रतिशतको हाराहारीमा रह्यो, ओलीले भने ।’

कोभिडको असर कम हुदै जादा नेपालको अर्थतन्त्र पुरानै लयमा फर्कन थालेको प्रधानमन्त्री दावी छ । चालु आर्थिक वर्षको ६ महिनाको तथ्याङ्कले पनि नेपालले पुन उच्च आर्थिक वृद्धिको बाटो समातेको प्रधानमन्त्री ओलीको भनाई छ । अर्को वर्ष १५ औ योजनाले लिएको १० प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य हासिल गर्ने प्रवल संभावना वढेको छ । यसै आर्थिक वर्षको पहिलो ६ महिनामा शोधान्तर बचल १ सय २४ अर्व रहेको छ । अघिल्लो वर्षको सोहि अवधिका उक्त वचत २४ अर्व मात्रै रहेको प्रधानमन्त्रीको दावी छ ।

बार्षिक विन्दुगत आधारमा उपभोक्ता मुल्यमा आधारित मुद्रस्फिर्तीको सुचाङ्क ३.५ प्रतिशत रहेको , आयात ४.८ प्रतिशतले घटेको तथा निर्यात ६.१ प्रतिशतले वढेको प्रधानमन्त्रीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *