लिखित जवाफ सहित चार पूर्वप्रधानन्याधीश सर्वोच्चमा
काठमाडौं माघ ३ । चार पूर्वप्रधानन्याधीशहरुले अदालतको अवहेलनाको मुद्दामा लिखित जवाफ पेस गरेका छन् ।
अदालतको अवहेलना मुद्दा खेपिरहेका पूर्व चार पूर्वप्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीलेसर्वोच्च अदालतमा आफैं उपस्थित भएर लिखित जवाफ पेश गरेका हुन् ।
पूर्व प्रधानप्रधानन्यायाधीशहरुले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सम्युक्त विज्ञप्ति निकलेपछि उनीहरुलाई अदालतको अपहेलना मुद्धा दर्ता भएको थियो । माघ १५ मा न्यायाधीश मनोज शर्माको इजलासले ७ दिनभित्र आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।