२०७७ फागुन ३ साेमबारकाे राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज मिति २०७७ साल फागुन ३ गते सोमबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको १५ तारिख, माघ शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, उत्तराभाद्र नक्षत्र, चौथि तिथी, साध्य योग, वणिज करण, आज चन्द«मा मीन राशीमा रहने छ , आजको अभिजित मूहुर्त बिहानको ११ बजेर ५६ मिनेटबाट १२ बजेर ४० मिनेटसम्म रहने छ। आजको राहुकाल बिहानको ८ बजेर ६ मिनेटबाट ९ बजेर ३० मिनेटसम्म रहने छ। राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।
(१)मेष राशी
सावधानी अपनाउनु पर्ने दिन छ । कष्ट पाइने, प्रत्येक कार्यमा बाधा व्यवधान आउने, धनको हानी, अनावश्यक खर्च वा धनको दुरुपयोग गराउने, अल्छी हुन मन लाग्ने, मनमा ईष्र्याको भावना आउने,सन्तान अथवा स्त्रिप्रति क्रोध गर्न मन लाग्ने, पितृ विकार, आँखा अनुहारमा पिडा, बोलिबचन छुच्चो हुने वा अपशब्द निस्कने, आफन्त तथा कुटुम्बव्दारा अनादर प्राप्त हुन सक्छ, विद्यार्थीवर्गलाई पढाइ लेखाइमा बाधा हुनेछ ।
(२) वृष राशी
दिन अनुकुल छ , ससाना उपलब्धिहरु प्राप्त हुने योग बनेको छ, आयस्रोत सम्बन्धि सुखद परिस्थिती निर्माण हुनेछ, स्थाइ बस्तुहरुको प्राप्ति , मानसम्मानमा बृद्धि, गरेका कार्यमा सफलता, मित्रहरु अथवा नजीकका व्यक्तिहरुसँग समय बित्ने, प्रेम मिलनलाइ दिन राम्रो रहने, वैवाहिक सुख राम्रो हुनुको साथै स्त्रिवर्गबाट सुख पाइने योग छ ।
(३) मिथुन राशी
दिन प्रसन्न रहनेछ, कर्म गरे अनुसार फल पाइनेछ, चिताएको कुरा प्राप्त हुन सक्छ, कर्म क्षेत्रमा अरुले आदर सम्मान वा कदर गर्नेछन्, अरु प्रति उदार भइनेछ, कसैसँग आत्मिय भलाकुसारी हुने अथवा मित्रताको भावना पलाउनेछ, स्वास्थयको ख्याल राख्नु होला र विश्वास गरेको मान्छेबाट चाँही सतर्क रहनु पर्नेछ ।
(४) कर्कट राशी
सचेत रहनुपर्ने समय छ, भाग्यले कन्जुस्याई गर्नेछ , स्वास्थ्य समस्या तथा शाििररिक कष्ट पर्ने, रोग व्याधिले आक्रान्त पार्ने, विरक्त लाग्ने खालको वातावरण बन्न सक्छ, धर्म हानी वा धर्म कर्मबाट विमुख हुन मन लाग्ने, अनावश्यक धन हानी, शत्रुबाट अशान्ति प्राप्त हुने, आफूले मान्नु पर्ने मान्छेले तँपाइलाइ नबुझिदिन सक्छन्, सन्तानलाइ कष्ट, भाइ वा कम उमेरको मान्छेहरुसँग मतभेद हुनसक्छ, धातुहरुबाट चोट लाग्न सक्ने सम्भावना भएकोले सावधान रहनुहोला।
(५) सिंह राशी
समय अनुकुल छैन, प्रतिकुल घटनाहरु घटन सक्छन्, मन कमजोर हुन सक्ने, र निरर्थक भयले सताउने, शारिरिक कष्ट र मानिसिक चिन्ता बढन सक्छ, कलह वा वादविवादको सम्भावना पनि छ, अनावश्यक धन खर्च, घाउ चोटपटक वा दुर्घटनाको योग रहेकोले सावधानी अपनाउनुहोला, खराब संगत वा खराब व्यक्तिहरुको कारणले समस्यामा पर्न सकिने छ, सामान चोरी हुने वा हराउने सम्भावना भएकोले सावधान रहनुहोला।
(६) कन्या राशी
दिन शुभ रहने छ । सुख शान्ति , धनलाभ हुने वा महँगो वस्तु प्राप्तिको सम्भावना छ, शयन सुख, उत्तम भोजन, वस्त्र अथवा वाहन सुख मिल्ने, स्त्रिवर्गहरुसँग प्रेम हुने अथवा उनीहरुसँग समय बित्ने, अरुबाट आदर सत्कार र सम्मान पाइने, दाम्पत्य सम्बन्ध सुमधुर रहने, भाइ अथवा आफूभन्दा कम उमेरको मानिसबाट लाभ मिल्ने अथवा सहयोग पाइने, व्यापार व्यवसायमा लाभको स्थिति बन्नेछ , कसै कसैलाई पूजा पाठ, धर्मकर्म अथवा अध्यात्ममा रुचि जाग्न पनि सक्छ।
(७) तुला राशी
सुख प्राप्त हुने दिन छ । आँटेको चिताएको काम बन्ने, विविध समस्याहरुबाट मुक्त भइने, शत्रु बाधा हटने, स्वास्थ्य उत्तम रहने, धन लाभ हुन सक्ने, आफूले चाहेको खोजेको मान्छेसँग भेटघाट वा भलाकुसारी हुनसक्छ, पारिवारिक तथा दाम्पत्य सुख उत्तम रहने, कार्य स्थलमा प्रशंसा प्राप्त हुने, व्यापार व्यवसायीहरुलाइ लाभ हुने दिन छ, विद्यार्थीहरुलाइ समय उत्तम रहनेछ ।। लगानीको लागि दिन राम्रो छ ।
(८) वृश्चिक राशी
दिन प्रतिकुल हुन सक्छ, आर्थिक अभावले चिन्तित बनाउन सक्छ, मानसिक खिन्नताले दिन अमिलो हुन सक्छ, आम्दानी ठप्प हुने, शोक पर्न सक्ने, दुख कष्ट पाइने, कार्यमा विध्न बाधाहरु आउने । शत्रुले दुख दिन सक्ने, सोचेको आँटेको काम पुरा नहुने, बिना कारण अलमलिनु पर्न सक्छ, स्वास्थ्यसम्बन्धि समस्यालाई बेवास्ता नगर्नु होला, गाह्रो पार्न सक्छ , सन्तानलाई कष्ट पीडा पर्ने सम्भावना छ, पारिवारिक असमझदारी बढने अथवा सामाजिक छवि बिग्रन सक्ने भएकोले सावधान रहनु होला, विद्यार्थीहरुको एकाग्रतामा कमी आउने र पढाइ लेखाइ बिग्रन सकने योग छ ।
(९) धनु राशी
समस्या तँपाइ आफैंमा हुन सक्ने भएकोले आज दिन अनुकुल बनाउन प्रयास गर्नुहोला, मानसिक तनाव बढन सक्ने, धनको हानी, कार्यमा असफलता, कुनै कुराले मनमा डर लागिरहने, सबैलाई अविश्वास गर्न मन लाग्ने, बन्धुबान्धवहरुलाई पीडा, कुटुम्बलाइ हानी हुने अथवा उनीहरुसँग असमझदारी बढन सक्छ, स्वास्थ्यमा तथा रोजगारमा समस्या देखापर्न सक्छ, व्यवसायमा बिध्न बाधाको सामना गर्नुपर्नेछ । लगानीलाइ दिन अशुभ छ,
(१०)मकर राशी
दिन सुखमय रहने छ । धन, द्रव्य तथा वस्त्र लाभ, आँटेको काममा विजय प्राप्ति, गरेका कार्यले सफल भइ सुख र आनन्द प्राप्त हुने, मिठो खानपान, भोग विलास तथा स्त्रि सुख मिल्ने योग छ, मान सम्मान मा वृद्धि, शारिरिक आरोग्यता प्राप्ति, मित्रहरुबाट पाइने सुख र सहयोगले मन प्रसन्न हुने, दाम्पत्य जीवनमा सुख, व्यापार व्यवसायको लागि दिन शुभ रहने छ, कसैकसैलाई छोटो दुरीको यात्रा गर्नुपर्ने अथवा कामका सिलसिलामा भ्रमण गर्नु पर्ने अवस्था पनि आउन सक्छ । विद्यार्थीहरुको लागि समय उत्तम छ , लगानी आज गर्दा हुन्छ ।
(११) कुम्भ राशी
ज्यादा परिश्रम गर्नुपर्ने खालको दिन हुन सक्छ, खर्चहरु बढने, धन हानी अथवा धन संचयमा बाधा आउने, व्यर्थको विवाद तथा धन हानीले मानसिक असन्तोष बढने, कार्यमा बाधा, सोचेको काम नबन्ने वा झंझट बेहोर्नु पर्ने । पारिवारिक व्दन्द वा कष्ट हुने योग छ, मानहानी, अपयश तथा व्यर्थको विवादमा आज फस्न सकिने सम्भावना रहेकोले सचेत रहनु होला । पूजा पाठ तथा मांगलिक कार्यमा हानी, अनेक विध्न बाधाहरुले सताउन सक्छ, व्यापारी तथा व्यवसायी वर्गहरुलाई भने आज घाटा लाग्न सक्छ । लगानीलाई दिन प्रतिकुल छ ।
(१२) मीन राशी
दिन सकारात्मक उत्साहमूलक हुनेछ । आर्थिक लाभ, स्वास्थ्य लाभ, मिष्ठान भोजन, धन लाभ तथा कार्य सफल हुने , मिठो निद्रा वा शयन सुख मिल्ने, आफूले पाउनु पर्ने पद, अधिकार वा स्थानको प्राप्ति, लुगा कपडा सुगन्धित पदार्थ वा अन्य भौतिक सामानहरु लिने वा पाइने योग छ, सन्तान, पत्नि अथवा मित्रहरुसँग सौहार्द वार्तालाप हुने अथवा रमाइलो जमघट हुने योग छ, व्यवसायमा फाइदा हुने तथा विद्यार्थीवर्गलाई समय राम्रो छ, कसै कसैलाई भाग्योदयकारी घटना हुने योग छ ।