पछिल्लो २४ घण्टामा १०४ संक्रमित, १३१ जना संक्रमणमुक्त

काठमाडौं, फागुन २ । नेपालमा पछिल्लो २४ घण्टामा १०४ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०४ जना कोरोना संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ७ सय १८ पुगेको छ । पछिल्लो २४ घण्टामा ३ हजार ५०१ जनाको पिसिआर परीक्षण भएको हो ।
२४ घण्टामा कुनै पनि संक्रमितको मृत्यु भएको छैन । गत २४ घण्टामा १३१ जना संक्रमणमुक्त भएका छन् ।
योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ६९ हजार ६० पुगेको मन्त्रालयले जनाएको छ । जसमध्ये १ हजार ६ सय ४ जना सक्रिय संक्रमित छन् ।