ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मन्जुलाई गृहनगरमा सम्मान

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

पोखरा , फागुन २ । लामो समय नेपाली राष्ट्रिय महिला भलिबलको उपकप्तानको जिम्मेवारी सम्हालेकी पोखरेली चेली मन्जु गुरुङलाई पोखरामा सम्मान गरिएको छ । भलिबलकी पूर्व उपकप्तान मन्जुलाई टाईगर कप क्लब च्याम्पियनसिपको समापन समारोहमा सम्मान गरिएको हो ।

पोखराकै ज्ञानुबाबा बाट भलिबलमा बामे सर्दै अगाडि बढेकी मन्जु नेपाली राष्ट्रिय महिला भलिबल टोलीको लामो समय उपकप्तानको जिम्मेवारी सम्हालेकी थिईन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय भलिबल एरिनामा नेपाली भलिबलको टोलीको उपस्थिति हुदाँ उनी महत्वपूर्ण सदस्यको रुपमा रहँदै आएकी थिईन् । नेपालमै गत वर्षको मंसिरमा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता(साग) आयोजना हुदाँ साग खेलेर सन्यास लिने सोंच बनाएकी थिईन् ।

तर दुर्भाग्य सागमा उनी भलिबल टोलीमा समावेश भईनन् । भलिबलको छनोटमा नपरेपछि मन्जु झण्डै डेढवर्ष यता भलिबलको कुनैपनि गतिविधिमा संलग्न भएकी थिइनन् ।मन्जुसँगै नेपाली भलिबलमा महत्वपूर्ण योगदान पुर्याएका लेखनाथ लम्साललाई समेत सम्मान गरिएको थियो । टाईगर ग्रुपको आयोजनामा सञ्चालित प्रतियोगिताको समापनमा दुवै मन्जु र लेखनाथलाई एकैसाथ सम्मान गरिएको थियो ।

उनीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, टाईगर गु्रपका अध्यक्ष नारायणप्रसाद शर्मा तथा नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष नविन गुरुङ लगायतले सम्मान गरेका थिए ।

टाईगर ग्रुपका अध्यक्ष शर्माले नेपाली भलिबलको विकासमा महत्वपूर्ण योगदान पुर्याएको दुवै पूर्व खेलाडीलाई सम्मान गरिएको बताए । उनले दुवै खेलाडी नेपाली भलिबलको नक्षत्र भएको समेत उल्लेख गरे ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *