ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

“हेप्पी भ्यानटाइन्स डे “

भ्यानटाइन्स डे अर्थात प्रणय दिवश विश्वभर नै फेब्रुअरी १४ मा मनाउने गरीन्छ । यस दिनको छुट्टै महत्व रहेको छ । यो १ हप्ताभरी प्रेमी प्रेमिकाले हरेक हरेक दिन हरेक डे आफ्नो मायाहरु साटासाट गरि मनाउछन् । यो एक हप्ता विशेष गरि नै प्रेमिप्रेमीकाको माया साटासाट गर्नको लागि नै भनेर तय गरिएको छ ।

युवापुस्ता महिनौँ वा वर्षौँदेखि गर्न नसकिएको प्रेम प्रस्ताव गर्न यस दिनलाई कुरेर बस्ने गरेको पनि पाइन्छ । पछिल्ला वर्षमा नेपालमा पनि युवापुस्ताले भ्यालेन्टाइन डे लाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिन थालेका छन् । ‘भ्यालेन्टाइन डे’ को रौनक नेपालमा एक दशकयता अत्याधुनिक प्रविधिले ह्वात्तै बढाएको छ । नजिकै भए भेटेर रातो गुलाब र ग्रिटिङ्स कार्ड थमाउने, टाढा भए इमेल र च्याट, मोबाइलको एसएमएस त छँदैछ । यतिमात्र होईन सञ्चारमाध्यम स्वदेशी तथा विदेशी टेलिभिजन च्यानल, सयौँ एफएम रेडियो र छापाहरूको माहौल पनि भ्यालेन्टाइन डे कै पक्षमा बोलिरहेको हुन्छ ।

विकसित देशहरुमा फेब्रुअरी १४ को दिन आफुहरुले एक अर्कालाई धेरै माया गर्ने भएपनि त्यो दिन अझै विशेष होस भनेर विभिन्न सर्पराइजको साथ छुट्याएका हुन्छन । माया शब्द आफैमा अमुल्य छ यसको बयान गर्न कोहि सँग शब्द नै छैन । तर कतिपय अल्पविकसित मुलुकहरुमा यो दिवशलाइ हेर्ने दृष्टिकोण नै फरक देखिन्छ । नेपालकै सन्दर्भमा पनि प्रणय दिवसलाई खासै राम्रो मानिदैन र सोचिदैन पनि । यो दिवस विशेष गरि माया गर्नेहरुको लागि हो तर अहिले मानिसहरुलाई माया भन्ने कुरा धेरै सस्तो भएको देखिन्छ । आजभोलिका माया एकदिन लगाएर भोलि छुटेका धेरै उदाहरण छन् । भनिन्छ नि माया त मिलन हुन्छ बिच्छोड हैन तर अहिले मिलन भन्दा बिच्छोड धेरै देखिन्छ । यहाँ सब देखावटी देखिन्छ । त्यसैले पनि प्रणय दिवसलाई खासै रुचाउदैनन धेरैले ।
प्रणय दिवशका दिन प्रेमि प्रेमीका कही एकान्त र रमाइलो ठाँउहरुमा नै धेरै जान रुचाउँछन् त्यसैले त प्रणय दिवसको दिन पार्क र खुल्ला ठाँउहरु भरिन्छन उनिहरु कति मज्जाले एक अर्काका मायाहरु साटासाट गर्छन । माया कहिले नगरेका हैन तर त्यो दिन अरु दिन भन्दा धेरै नै महत्त्वपूर्ण दिन थियो ।जहा एकअर्कालाई राम्रोसँग बुझन र बर्षौदेखि मनभित्र गुम्सिएर रहेका भावनाहरु एक अर्कासँग साटासाट गर्न सक्छन र त्यो दिन उनिहरुकै विशेष दिन हुन्छ ।

प्रेम दिवसले युवा युवतिमा ल्याएको उत्तेजनाले आज बसेको प्रेम भोली छुट्ने अवस्था पनि छ, त्यसको कारण प्रविधि पनि हो । अहिले प्रेमीप्रेमीका बिच खल्लोपन र तिक्तता पनि यहि प्रविधिले ल्याएको आपसि मनमुटाव र खल्लोपनको असर युवा युवतिमा हुँदा यसको असर समाजमा प्रत्यक्ष वा अप्रत्क्ष रुपमा देखिने गरेको छ ।

पछिल्लो समय जबरजस्ती प्रेम गर्नेको होड चलेको छ । बदला, झगडा गर्ने, कुलतमा लाग्ने मंहगा विलासीका सामाग्रीहरु आदानप्रदान होटलहरु जाने विभिन्न अनैतिक क्रियाकलापमा संलग्न हुने, क्षणिक आनन्दमा मोज मोस्ती गर्नेजस्ता विकृतिहरु देखिन्छन् । कुनै पनि पर्व मनाउनु नराम्रो होइन् त्यो पर्वलाई हामीले कसरी मनाइन्छ भन्नेमा भर परेको हुन्छ हुन त यो प्रणय दिवस पश्चिमी संस्कृति हो यो संस्कृतिको केही राम्रो पक्ष भएता पनि अहिलेका आधुनिक युवापुस्तामा एकदमै विकृति फैलाएको पाउछौ । यसले गर्दा आधुनिकता संगै युवायुवतीले संस्कृति जर्गेना भन्दा पनि विसङगती भित्राएका छन् । आखिर माया गर्नेहरुका लागि सधै प्रेम दिवस नै हुन्छ तर पनि यो पश्चिमी संस्कृति संगै भित्रिएको यो दिवसले कैयौ युवापुस्ताको जीवन नारकीय बनाएको छ । उनीहरुमा एक अर्कोमा देखासिकी को प्रवृत्ति बढेको पाइन्छ । पश्चिमी सभ्यताको यो चाडले विस्तारै हाम्रो देशमा पनि प्रवेश गरेसंगै आज हाम्रा मूल्य मान्यता, संंस्कार र परम्परा खण्डित भैरहेका छन् । आधुनिकता र देखावटीपनको चकचकी बढदो छ माया प्रर्दशन गर्नेहरुको होड नै चलेको छ । गर्लफ्रन्ड र ब्याइ फैन्ड बनाउने त फेसन नै चलेको छ ।

“कतै मायाँ मात्र मायाँ कतै घृणा मात्र घृणा
प्रेम आड भरोसामा ओडिएला मन कतै”

यो दिवस कतिपयलाई राम्रो बनेको छ भने यसले समाजमा पनि विकृति छाएको छ । भ्यालेन्टाइनस डे मनाउने चकरमा कतिपयले आफ्नो साचो माया गुमाउनु परेको छ ।भने कतिले त आफ्ना सपनाहरु नै टुक्राटुक्रा बनाउनु परेको छ ।

अहिले समय परिवर्तित छ । कोहि सँग कसैको लागि फुर्सद छैन ।सबै आ आफ्नो जिवनमा ब्यस्त हुने गर्दा यस्ता बेमौसमी दिवसहरुले पनि समय साटासाट गर्न राम्रो समय बन्ने गर्छ ।

सबैलाइ ह्याप्पि भ्यालेन्सटाइन डे ।

प्रेम निश्वार्थी हुनुपर्छ । तर पछिल्लो समय भावनात्मक रुपमा भन्दा पनि विभिन्न श्वार्थ भावका साथ ‘फेक लभ’ गर्नेहरूको कमी छैन । यसो हुनु राम्रो होइन । अतः फूल विभिन्न उपहार दिएर गाँसिएको प्रेमभन्दा चोखो मनले गाँसिएको प्रेम पो मिठो र दीगो हुन्छ ।
भ्यालेन्टाईन डे लाई युवा युवतिको प्रेमको बिकृती सँग दाजेर हैन, परिवार, समाज र राष्ट्र सँग प्रेम गरेर आपसी भाईचाराको विकास गरि सम्भ समाजको विकास गर्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *