ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

ट्रम विरुद्धको महाअभियोग प्रस्ताव अस्वीकृत

अमेरिकाका पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्ध दर्ता भएको महाअभियोग दोस्रो पटक अनुमोदन हुन सकेन । सिनेटमा जनवरी छ तारिख क्यापिटल हिलमा हिंसा भड्काउन उक्साएको अभियोगमा ट्रम्पबिरुद्ध महाभियोग प्रस्ताव अगाडि बढाइएको थियो ।

महाभियोग अनुमोदन हुन दुई तिहाई मत आवस्यक पर्ने भएपनि पक्षमा ५७ जनाले मतदान गरेका थिए भने ४३ जनाले ट्रम्पलाई उन्मुक्ति दिने पक्षमा मतदान गरेका थिए । ट्रम्पबिरुद्धको महाभियोग पारित गर्नका लागि दुईतिहाई मत अर्थात् ६७ मतको आवश्यकता थियाे ।

७ जना रिपब्लिकन सिनेटरहरुले ट्रम्पलाई महाभियोग लगाउने पक्षमा मतदान गरेपनि उक्त मत प्रयाप्त हुन सकेन । हाउसबाट पारित महाभियोगमा सिनेटमा उन्मुक्ति पाएको ट्रम्पले यो दोश्रो पटक हो । ट्रम्पलाई महाभियोग लगाउने पक्षमा मतदान गर्ने रिपब्लिकन सिनेटरहरु बिल क्यासिडी, सुजन कोलिन्स, रिचार्ड बर, लिसा मुर्कोस्की, मिट रोम्नी, बेन सासे र प्याट टोमी रहेका छन् ।

ट्रम्प अमेरिकी इतिहासमा हाउसबाट दुईपटकसम्म महाभियोग लगाइएका पहिलो राष्ट्रपति हुन् । तर दुईपटक नै सिनेटबाट भने यो प्रस्ताव पारित हुन नसकेपछि ट्रम्पले उन्मुक्ति पाउन सफल भए । महाभियोग पारित भएको भए सामान्य बहुमतबाट ट्रम्पलाई सिनेटबाट भविश्यमा राष्ट्रपतिमा उठ्न रोक लगाउने प्रावधान पारित गर्ने तयारी थियो ।
तर उन्मुक्ति पाएकाले अब ट्रम्पका लागि भविश्यमा राष्ट्रपतिमा उठ्न पनि प्रतिबन्ध नलाग्ने भएको छ । ७४ बर्षका ट्रम्पले २०२४ को राष्ट्रपति चुनावमा उम्मेदवारी दिन सक्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *