ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

नेकपा ओली समुहको मतदाता लक्षित शक्ति प्रदर्शन,रोकिएन टाउको गन्ने खेल

सेयर गर्नुहोस
  • 4
  •  
  •  
  •  
    4
    Shares

बुटवल फागुन १ । संसद विघटन पछि प्रधानमन्त्री केपी शर्मा ओलीको सकृयाता बढेको छ । ११ महिना यता सिंहदरबार नपुगी बालुबाटारबाटै प्रशासन सञ्चालन गर्दै आएका ओलीको सकृयता चूनाव केन्द्रित देखिन्छ । पुस ५ गते संसद विघटन पश्चात ओलीको सकृयता ह्वात्तै बढेको हो । आफ्नो सरकारलाई काम गर्न नदिएको आरोप लगाउदैं संसद विघटन गरेका प्रधानमन्त्री ओलीले बैशाख १७ र २७ का लगि मध्यावदिक निर्वातनको मिति समेत तोकेका छन् ।

ओपचारिक पार्टी पुटको घोषणा नभएको र संसद विघटनको विषय ससर्वोच्च अदालतमा विचाराधिन रहेपनि ओलिको सकृयतालाई विशेष महत्वका साथ हेरिउको छ । प्रधानमन्त्री ओलीले चुनवा नगराउने चौतर्फी आरोप लागि रहेका समयमा प्रधानमन्त्री केपी ओलीले शनिवार बुटवलमा भएको सभालाई संवोधन गर्दै आफुहरु नै आधिकारीक नेकपा भएको र आगामी निर्वाचनमा नेकपाकै मात्र बाकस भरिने भएकाले अरुहरु आतिएको जिकिर गरे ।

तेतिमात्र हैन समय यता को ठूलो देखिने भन्ने होडबाजीको असर शनिवार सममेत कायम रह्यो । काठमाडौंमा ओली पक्षले आयोजना गरेको आमसभाको अघिल्लो दिनमात्र नेकपा दाहाल नेपाल समुहले नेपाल बन्दको आह्वान गरेपछि ओलीले काठमाडौमा आउन नसक्ने गरी बन्द गर्न खोजेको आरोप लगाएका थिए । त्यसपछि नेकपाका अध्यक्ष प्रच्ण्डले आमसभा हेर्न बोलाएपछि त्यसको तिन दिनमा ओलीले प्रचण्डले बुटवल आउन निम्ता नै दिए ।  उनले भने – ‘तीन दिन अगाडिमात्रै देशभरिबाट केही मान्छे जम्मा गरेर मलाई जनसभा हेर्न आउ भनेका थिए’ प्रचण्ड-माधव समूहलाई इंगित गर्दै ओलीले भने, ‘देशभरिको होइन, लुम्बिनी प्रदेशका मात्रै जनता आएका छन्,जनसभा कस्तो हुन्छ हेर्न बुटवल आउनुस् ।’ तेस्तै समानुपातिक तर्फ ५० लाख मत ल्याउने दावी गरेका ओलीले चिन्ह र नामका विसयमा विवादमा नपर्न समेत आग्रह गरे ।

सोही कार्यक्रममा महासचिव विष्णु पौडेलले कुनै तागतले पनि चुनाव रोक्न नसक्ने जिकिर गरे । ‘दुनियाको कुनै ताकतले चुनाव रोक्न सक्दैन । लुम्बिनी प्रदेशमा यसअघि भन्दा धेरै सिट जित्छौं । पार्टी अध्यक्ष ओलीलाई अर्को एकपटक प्रधानमन्त्री बनाएर देशको नेतृत्व गर्नु दिनुपर्ने अवस्था आएको छ । त्यसैले  चुनावबाट ओलीको नेतृत्वमा वहुमतको सरकार बनाउन कसैले रोक्न  सक्दैन ।‘ पौडेलको भनाई छ ।

लुम्विनी प्रदेशमा मुख्यमन्त्री समेत रहेका नेता शंकर पोखरेलले माओवादीले जनयुद्ध सुरु गरेको रुकुम रोल्पामा समेत विजय गर्ने दावी गरे । उनको भनाई छ- ‘रोल्पा रुकुमलाई जनयुद्धको थलोका रुपमा कमरेड प्रचण्डले जे चाहृयो, त्यहि हुने थलोको रुपमा चित्रण गर्ने गरिन्छ तर आउने चुनावमा रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फहराउँदैछ भन्ने कुराको उद्घोष गर्न चाहान्छु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *