ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

एनओसी अध्यक्ष श्रेष्ठद्वारा प्रशिक्षणमा अर्जुन दृष्टि लगाउन आग्रह

सेयर गर्नुहोस
  • 3
  •  
  •  
  •  
    3
    Shares

नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जिवनराम श्रेष्ठले ओलम्पिको तयारीमा रहेका खेलाडीहरु सँग भेट गरी आफ्नो प्रशिक्षणमा अर्जुन दृष्टि लगाउन आग्रह गरेका छन ।

सन २०२१ मा जापानमा आयोजना हुने टोकियो ओलम्पिकको लागि वन्द प्रशिक्षणमा रहेका पोखरामा भेट गरी अध्यक्ष श्रेष्ठले सो आग्रह गरेका हुन । अध्यक्ष श्रेष्ट सहित एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, उपाध्यक्ष तेज गुरुङ, महासचिब निलेन्द्रराज श्रेष्ठ सहितको टोलीले खेलाडी तथा प्रशिक्षकहरु सँग भेट गरी आवश्यक जानकारी लिएका थिए ।

भेटका अवसरका अध्यक्ष श्रेष्ठले ओलम्पिकमा सहभागी हुनका लागि महत्वपूर्ण अवसरका रुपमा रहेको भन्दै उनले भने–“यो नेपालकालागि सुर्वण अवसर हो, यसको व्यक्तिगत रुपमा समेत खेलाडीले आत्मसाथ गर्न आवश्यक छ” । उनले खेलाडीलाई मानसिक रुपमा समेत ओलम्पिकको तयारीमा जुट्न आग्रह गर्दै ओलम्पिकको लागि वाइल्डकार्डको छनोटमा पर्न सक्नु उपलव्धी समेत भएको बताए ।

वाइल्डकार्ड मार्फत ओलम्पिकका लागि सहभागी हुन तयारी रहेका आर्चरी खेलका दुई जना खेलाडी र भारोत्तोलनका दुई जना खेलाडी तथा प्रशिक्षकहरुलाई समेत छुट्टा–छुट्टै भेट गरी उनीहरुको व्यवस्थापनको समेत अध्यक्ष श्रेष्ठले जानकारी लिएका थिए । खेलाडीलाई आवश्यक पर्ने खेल सामाग्रीको समेत चासो राख्दै आवश्यक खेल सामाग्री ल्याउन तथा वैदेशिक प्रशिक्षणको व्यवस्थाका लागि समेत एनओसीले पहल गर्ने उनले बताए ।

वाइल्डकार्ड मार्फत आर्चरी खेलका लागि तयारीमा रहेका खेलाडीमा ज्ञानु अवाले र तिलक पुन मगर रहेका छन भने प्रशिक्षकमा कृष्ण माया स्याङतान रहेकी छन । त्यसै गरी भारोत्तोलनतर्फ खेलाडीमा सञ्जु चौधरी र कमला श्रेष्ठ तथा प्रशिक्षकमा सञ्जय महर्जन रहेका छन । अध्यक्ष श्रेष्ठको टोलीले पोखरा रंगशाला स्थित आर्चरी खेल मैदानमा खेलाडी सँग भेट गरेका थिए । सो अवसरमा नेपाल आर्चरी संघका अध्यक्ष दिपकराज गुरुङ, वरिष्ठ उपाध्यक्ष वसन्त थकाली र महासचिब रमेश प्रसाद सिवाकोटीले प्रशिक्षणका बारेमा जानकारी गराएका थिए ।

सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीद्वयलाई ट्रयाकसुट हस्तान्तरण गरेका थिए । यसै विच अध्यक्ष श्रेष्ठले पोखरा रंगशाला स्थित भारोत्तोलनको प्रशिक्षण हल अवलोकन गरेका छन । सो अवसरमा कास्की जिल्ला भारोत्तोलन संघका अध्यक्ष राजन वडगामी लगाएतले एनओसी टोलीलाई स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *