ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

रशिला र जेशिका उपाधीका लागि भिड्ने

काठमाडौं, फागुन १ । नेपाली सेनाकी रशिला महर्जन र एपिएफकी जेशिका गुरुङ्ग चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको महिला एकलको फाईनल प्रवेश गरेका छन् ।

राष्ट्रिय च्याम्पियन रशिलाले सेनाकै अमिता गिरीलाई २१–१३, २१–१७ ले तथा जेशिकाले सेनाकी अनुमाया राईलाई २१–१७, २१–१५ ले पराजित गर्दै उपाधी निकट पुगेका हुन् । एपिएफका प्रिन्स दाहाल र एपिएफकै दिपेश धामी पुनः एक पटक उपाधीका लागि भिड्ने भएका छन् ।

चितवनमा जारी प्रतियोगितामा एपिएफका प्रिन्स दाहालले पूर्व नम्बर एक खेलाडी भोजपुरका बिकास श्रेष्ठलाई २१–१२, २१–१४ ले पराजित गरृे भने राष्ट्रिय च्याम्पियन दिपेशले सेनाका नविन श्रेष्ठ माथि २१–१९, २१–१७ को जित निकाले । यस अघि दुईको भिडन्त १० औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङ्किङ्ग ब्याडमिन्टन प्रतियोगितामा भएको थियो । जसमा प्रिन्सले बिजय हात पार्दै उपाधी जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *