योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप ब्याडमिन्टन -रशिला र प्राथना उपाधी नजिक

काठमाडौं, फागुन १ । सेनाकी रशिला महर्जन र कैलालीकी प्राथना देउवा योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप ब्याडमिन्टन प्रतियोगिताको फाईनलमा प्रवेश गरेका छन् ।
छात्रा यु १७ तर्फको खेलमा राष्ट्रिय च्याम्पियन रशिलाले पाल्पाकी दीया मास्केलाई २१–२, २१–१५ को सहज जित निकाल्दै उपाधीका लागि कैलालीकी प्राथना देउवाको सामना गर्ने भएकी छिन् । प्रार्थनाले मोरङ्गकी रोज पाण्डेलाई २१–१२ को समान अन्तरले पराजित गर्दै फाईनलमा रशिला संगको भेट पक्का गरेकी हुन् ।
छात्र यु १७ तर्फ सेनाका आयुष्मान नागरी र सुर्खेतका नरेन्द्र बमको जोडी फाईनल पुगे । नागरीले सेनाकै भोजबहादुर गुरुङ्गबाट रिटायर्ड हर्टका आधारमा जित पाए । पहिलो सेट २१–१५ ले गुमाएका भोज दोश्रो सेटमा ११–७ को अवस्थामा खुट्टामा चोट बोकेका कारण प्रतियोगितालाई विचमानै त्यागे पश्चात नागरीको जित निश्चित भएको थियो ।
नरेन्द्रले सेनाका हिमाल चन्द माथि २३।२१, १२–२१, २१–११ को कठिन जित निकाले । राष्ट्रिय २० बरियता भित्रका खेलाडीहरुको विच भएको पुरुष युगल तर्फ सेनाका नविन श्रेष्ठ र रत्नजित तामाङ्गको जोडी फाईनल प्रवेश गर्यो । सेनाको जोडीले साईनोका राम बानिया र सुजन थापाको जोडीलाई २१–५, २१–११ ले पराजित गर्यो ।



अर्को खेलमा एपिएफका दिपेश धामी र गौतम कठायतको जोडी फाईनल प्रवेश गर्यो । एपिएफका जोडीले सेनाका प्रफुल महर्जन र रुकेश महर्जनको जोडीलाई २१–१४, १९–२१, २१–१३ ले पराजित गर्दै उपाधीका लागि नविन र रत्नको जोडी संग प्रतिस्पर्धा गर्ने भएको छ । पुरुष ४५ बर्ष माथिको प्रतिस्पर्धामा पिस एफसीका पुर्णहरि होना र संजय कपालीको जोडीले जित निकाल्दै फाईनल यात्रा तय गरे ।
होना र कपालीको जोडीले पाल्पाका बशन्त बज्राचार्य र महेश मान बज्राचार्यको जोडीलाई २१–१७, १७–२१, २१–१६ पराजित गरे । यस्तै अर्को खेलमा कैलालीका बिरेन्द्र सिंह बिष्ट र बाँकेका अनिल लाखेको जोडीले जित हात पारे । बिष्ट र लाखेको जोडीले जेष्ट ब्याडमिन्टन एकेडेमीका श्याम पराजुली र नविन बाबु श्रेष्ठको जोडीलाई २३–२१, ७–२१, २१–११ ले पराजित गर्दै फाईनल प्रवेश गरे । सुरोज र पविनको जोडी प्रधानमन्त्री कपको फाईनलमा काठमाडौं, फागुन १ ।
सेनाका सुरोज महर्जन र पविन लिनथेपको जोडी चितवनमा जारी योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको पुरुष युगलको फाईनल प्रवेश गरेका छन् । शनिबार बिहान भएको सेमिफाईनल खेलमा महर्जन र लिनथेपको जोडीले साईनोका अभिषेक बोसको जोडी माथि २१–१७, २१–१५ को सोझो सेटको जित निकाल्दै फाईनलमा बुटवल ब्याडमिन्टन क्लबका विश्वास नेपाल र गणेश रायमाझीको जोडी संगको भेट पक्का गरेका छन् ।
राष्ट्रिय २० बरियता बाहेकका खेलाडीहरुका बिच भएको प्रतिस्पर्धाको अर्को खेलमा नेपाल र रायमाझीको जोडीले कास्कीका भुगोल गुरुङ्ग र बिशाल खड्काको जोडीलाई १५–२१, २१–१९, २१–१८ को प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै उपाधी निकट पुगेका हुन् । चितवन जिल्ला ब्याडमिन्टन संघ र हरिलाल धर्मदेवी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा भएको प्रतियोगिताको ५५ बर्ष माथीको प्रतिस्पर्धामा चितवनका बुद्धि चौधरी र चितवन जिल्ला ब्याडमिन्टन संघका पूर्व अध्यक्ष पुष्प श्रेष्ठको जोडीले जित निकाल्दै उपाधी निकट पुगे ।
चौधरी र श्रेष्ठको जोडीले चितवनकै कालीदास पाण्डे र राजु थापाको जोडी माथि २१–८, २१–११ को जित निकाले । अव उक्त जोडीले फाईनलमा उपाधीका लागि बागलुङ्गका राजेन्द्र शाक्य र धादिङ्गका बिष्णुलाल श्रेष्ठको जोडी संग प्रतिस्पर्धा गर्नेछ । शाक्य र श्रेष्ठको जोडीले चितवनका राजु कुमााल र उपेन्द्र सिंह पन्तको जोडीलाई २१–१०, २१–७ ले पराजित गरे ।