ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

देशभर ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

फागुन १,काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरबाट गरीएको १ हजार ९ सय वटा नमुना परीक्षणमा ५७ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो ।

यो सँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ६ सय १४ पुगेको छ । कोरोनाका कारण आज एक जना संक्रमितको पनि मृत्यु भएको छैन । हालसम्म कोरोना संक्रमितको मृत्यु हुनेको संख्या २ हजार ५४ रहेको छ । पछिल्लो चौबीस घण्टामा १ सय ३३ जना कोरोना मुक्त भएका छन् ।

.यो सँगै कोरोना मुक्त हुने संख्या २ लाख ६८ हजार ९ सय २९ पुगेका छन् । हालसम्म निको हुने प्रतिशत ९८ दशमलव ४ रहेको छ देशभर क्वारेन्टिनमा ८१ जना र सक्रिय संक्रमितको संख्या १ हजार ६ सय ३१ रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *