ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

फागुन २३ गतेदेखि ५५ बर्ष भन्दा माथिकोलाइ कोरोनाविरुद्धको खोप लगाइने

फागुन १ काठमाडौं। पहिलो चरण सकिन लाग्दा सरकारले दोश्रो चरणको कोरोना खोप अभियान पनि घोषणा गरेको छ । फागुन २३ गतेदेखि अर्को चरणको अभियान थाल्ने सरकारको तयारी छ ।

भारतबाट अर्को लट खोप ल्याउन लागिएको र अबको चरणमा ५५ वर्षमाथिका सबैलाई खोप दिने स्वास्थ्य मन्त्रालयको भनाई छ । भारतले १० लाख डोज खोप अनुदान स्वरुप प्रदान गरेपछि नेपालमा माघ १४ गतेबाट कोरोनाविरुद्ध पहिलो चरणको खोप अभियान सुरु भएको थियो छ । पहिलो चरणमा ४ लाख ३० हजार फ्रन्टलाइनरलाई खोप दिने कार्यक्रम सरकारले तय गरेको थियो । तर स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, सरसफाइकर्मी, दीर्घरोगी तथा वृद्धवृद्धालाइ लगाउने भनिएपनि पहिलो चरणका लक्षित सबैले खोप पाएका छैनन् ।

सरकारका अनुसार शुक्रबार सम्म पहिलो चरणको खोप १ लाख ८४ हजार ४ सय ५७ जनाले मात्र खोप लगाएका छन् । पहिलो चरणमा लक्षित सबैलाई खोप पुर्‍याउन नसकेपछि सरकारले माघ २६ देखि ३० गतेसम्म पत्रकार र कूटनीतिक नियोगमा कार्यरत कर्मचारीहरुलाई पनि खोप उपलब्ध गराएको थियो । सरकारले फागुन २ गते अर्थात् आइतबारदेखि ८ गतेसम्म सरकारी कर्मचारी, बैंकका कर्मचारी स्थानीय तहका जनप्रतिनिधि, सीमा सुरक्षा पोष्टमा खटिएका कर्मचारी र पहिलो चरणमा छुटेकाहरुलाई कोरोना खोप दिइनेछ ।

फागुन २३ गतेदेखि ५५ बर्षमाथि उमेर समूहलाई खोप दिने योजनाअनुसार काम भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भारतको सेरम इन्स्टिच्युटको कोभिसिल्ड खोप केही खरिद गरेर र केही अनुदानमा आउन लागेकाले अब थप २० लाख डोज खोप नेपाल भित्रिने डा समिर अधिकारीले बताए। पहिलो चरणको खोप सरकार आफैंले बनाएको प्राथमिकता सूचीमा फ्रन्टलाइनरपछि जेष्ठ नागरिक थिए ।

जनस्वास्थ्य विज्ञहरुले पनि खोप पाउनु हरेक नागरिकको अधिकार भएपनि प्राथमिकतामा जेष्ठ नागरिक र दीर्घरोगीहरु पर्नुपर्नेमा जोड दिदै आएका छन् । तर सरकारले पहिलो चरणमा उनीहरुलाई खोप दिन असफल भएको छ । पहिलो चरणका लक्षितले किन पाएनन्? सरकारले प्राथमिकता परिवर्तन गरेको हो भन्ने प्रश्नमा स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप महाशाखाको प्रमुख डा झलक गौतम प्राथमिकता परिवर्तन नगरेको तर, उपलब्धता हेरेर निर्णय गरिएको खोप महाशाखाका प्रमुख डा झलक गौतमले जानकारी दिए ।

सरकारको योजना अनुसार खोप आइपुग्यो भने यो खोप अभियान समाप्त नहुदै खोप आइपुग्ने छ । त्यसैगरी कोभ्याक्समार्फत पनि फेब्रुअरी अन्तिमसम्म कोरोना खोप नेपाल आइपुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *