ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

म्याराथनमा नेपाली सेनाका धावकको बर्चस्व

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

पोखरा, फागुन १ । पोखरा १५ औं संस्करको पोखरा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लबका राजन रोकायाले जितेका छन् ।

नेपाल भुतपुर्व खेलाडी मञ्च नेपालको आयोजना शनिबार भएको प्रतिस्पर्धामा ४२.१९५ किलोमिटरको दुरीलाई आर्मीका रोकायाले २ घण्टा २८ मिनेट ५६ सेकेण्डमा पुरा गर्दै उपाधि आफनो नाममा लेखाएका हुन् । दोस्रो स्थानमा पनि नेपाल आर्मीकै धावक आईपुगे । २ घण्टा ३३ मिनेट ४८ सेकेण्डको समयमा दौड पुरा गर्दै आर्मीका गोविन्दप्रसाद भट्टराई दोस्रो स्थानमा चित्त बुझाए ।

आर्मीकै धावक देवराज बस्नेत भने तेस्रो स्थानमा आए । उनले दौडलाई २ घण्टा ४२ मिनेट ३३ सेकेण्डमा पुरा गरेका थिए । १५ औं संस्करणको दौडमा नेपाल आर्मीका धावकले बर्चस्व राखे । म्याराथनमा आर्मीले आफनो गर्विलो शाखलाई जोगाईराख्ने क्रममा पहिलो, दोस्रो र तेस्रो स्थान कब्जा जमाए । चौथो स्थानमा भने पाँचथरका प्रताप ताम्सोहांग रहे ।

उनले दौडलाई २ घण्टा ५४ मिनेट ८ सेकेण्डमा पुरा गर्दै सान्त्वना पुरस्कार प्राप्त गरे । म्याराथनमा विभिन्न जिल्ला एवं विभागीय क्लबका गरी २०९ जना धावकले प्रतिस्पर्धा गरेका थिए । विजेता म्याराथन धावकले २ लाख रुपैयाँ पुरस्कार पाए । उपविजेताले दोश्रोले १ लाख, तेश्रोले ७५ हजार रुपैयाँ पुरस्कार र सन्त्वना पुरस्कार स्वरुप प्रतापले २५ हजार रुपैयाँ पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *