ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

२०७७ फागुन १ शनिबारकाे राशिफल, आजको दिन तपाईंका लागि कस्तो रहला ?

आज मिति २०७७ साल फागुन १ गते शनिबार तदनुसार सन २०२१ फेब्रुअरी महिनाको १३ तारिख, माघ शुक्ल पक्ष, शिशिर रितु, उत्तरायण सुर्य, शतभिषा नक्षत्र, व्दितीया तिथी, शिव योग, बालब करण, आज चन्द«मा कुम्भ राशीमा रहने छ, आजको अभिजित मूहुर्त बिहानको ११ बजेर ५६ मिनेटबाट १२ बजेर ४० मिनेटसम्म रहने छ। आजको अमृत समय दिउँसोको ३ बजेर ५ मिनेटबाट ४ बजेर २९ मिनेटसम्म रहने छ। आजको राहुकाल बिहानकोे ९ बजेर ३१ मिनेटबाट १० बजेर ५५ मिनेटसम्म रहने छ।  राहुकालमा दीर्घकालसम्म असर पर्ने खालका शुभ कार्यहरु शुरु गर्नु हुदैन । यो राहुकाल समय नेपालको लागि मात्र हो, देश अनुसार राहुकाल समय पनि फरक हुन्छ ।

(१) मेष राशी

सूर्यको गोचर यो महिना सुखद रहने छ । सूर्यले समग्र लाभ प्रदान गर्नेछ, रोगव्याधिबाट मुक्ति पाइने, मान सम्मान प्रशंसा प्राप्ति, आर्थिक स्थितीमा सुधार, रुचिकर भोजन हुने, नयाँ पद वा जिम्मेवारी प्राप्त हुने, मुद्दा,मामिला लगायत अदालती काम कारवाही तथा सरकारी कामहरुमा सफलता मिल्ने, वृद्धजनहरुको आशिर्वाद र सहयोग मिल्ने, मागंलिक कार्यहरु सम्पन्न हुने तथा मित्रहरुको सहयोग प्राप्त हुने योग छ ।

(२) वृष राशी        

वृषराशीवालाहरुलाइ सूर्यको भ्रमण यो महिना अत्यन्त लाभदायी रहनेछ । ठुलठुला कामहरु बन्नेछन् र आर्थिक स्थिीतिमा सुधार । सामाजिक तथा सरकारी प्रतिष्ठा प्राप्ति, इच्छा अनुसारको खानपान हुने, नयाँ कामको थालनी हुने, वा नयाँ पद वा जिम्मेवारी पाइने, पिता तथा पिता सरहका जेष्ठ नागरिकहरुबाट आशिर्वाद र लाभ प्राप्त हुने, राज्य प्रशाासनमा अडकिएका कामहरु बन्ने वा उनीहरुबाट सहयोग पाइने । मित्रहरुले मनग्गै सहयोग गर्नेछन् । समग्रमा महिना उत्तम रहनेछ ।

(३) मिथुन राशी

मिथुन राशीवालहरुलाइ कुन्डलीमा सूर्यको दशा चलिरहेको छ भने एक चोटि चिना देखाउन सुझाव दिन्छु । सूर्यको भ्रमणले यो महिना कार्य नाश वा हानी गर्ने, गरेका कार्यहरुमाा अपयशको भागि बन्नु पर्ने अथवा झुठो लान्छना दोष लाग्न सकने, मित्र तथा बन्धुहरुसँग मतभिन्नता वादविवाद उत्पन्न हुने । घर बाहिरका बसाइ हुने, धार्मिक कुरामा सहभागी हुने वा रुचि जाग्ने, ठूला ठूला व्यक्तिहरुसँग सम्पर्क हुने योग पनि छ । कसै कसैलाई टाढाको भ्रमण पनि हुन सक्छ ।

(४) कर्कट राशी

                सूर्यको भ्रमण यो महिना सुखद रहने छैन । हानी नोक्सानी, रोग , कलह, झगडा , विवाद, झमेलाहरु  आइलाग्ने, पत्नि तथा सन्तानलाइ कष्ट पर्ने, नखाएको विष लाग्ने, आरोप लाग्ने सम्भावना छ, स्वास्थ्यको विशेष ख्याल राख्नु पर्नेछ । खासगरि पाइल्स, गर्मी लगायत रगत सँग सम्बन्धित समस्याले सताउन सक्छ। सरकारी भय वा सजाय, मुद्दा मामिला लाग्न सक्ने, दन्ड जरिवानामा परिने योग छ । सावधान रहनु होला।

(५) सिंह राशी

महिना सामान्य रहनेछ । गरेका कार्यहरु सफल त हुनेछन् तर अत्यधिक लाभ भने मिल्ने छैन । अधिक यात्रा तथा भ्रमणहरु हुन सक्नेछन । टाउको दुख्ने, अजीर्णता, पेट तथा रक्त विकार सम्बन्धि समस्या आउन सक्छ ।। पारिवारिक सुखमा कमी आउने,  विषम मार्गमा हिँडनु पर्ने वा पत्निलाई कष्ट पर्ने अवस्था आउन सक्ने योग छ । धनहानी, मानहानी, मनको अशान्ति, सरकारी अडडा कार्यालयहरुमा जानु पर्ने, सन्तानसँग मतभिन्नता आउने वा उनीहरुको व्यवहारबाट मन खिन्न हुने,  विद्यार्थीहरुलाई मेहनत अनुसारको फल प्राप्ति हुनेछ । व्यापार व्यवसायमा समस्या आउने,  कुनै पनि नयाँ कार्य शुरु गर्नु अघि सोच विचार गरेर योजना बनाएर मात्र शुरु गर्नुहोला, लगानी डुब्ने सम्भावना छ । एक चोटि चिना देखाउनु भएमा  उत्तम हुनेछ ।

(६) कन्या राशी

महिना शुभ फलदायक रहने छ, गरेका कार्यहरु सफल हुने, रोगनाश भइ आरोग्य लाभ मिल्ने, शत्रु पराजय, सरकारी जागीर वा अन्य जागिर खोजिरहनुहुनेहरुले सफलता पाउने योग छ । सत्ता र राजनितिमा लाग्नेहरुलाइ यश मान मिल्ने,  कानूनी विवादमा हुनेहरुको पक्षमा फैसला आउँछ । स्वास्थयका भने विशेष ख्याल गर्नु पर्नेछ । शत्रु जनित पीडाबााट मुक्ति पाइने छ । आफनो अन्डरमा काम गर्नेहरुबाट लाभ पाइने योग छ।

(७) तुला राशी

तुला राशीवालाहरुलाइ चिनामा यदि सूर्यकै दशा चलेको छ भने अलिकति अप्ठयारो महिनाको रुपमा रहनेछ। स्वास्थ्यको दृष्टिले यो महिना राम्रो रहने छैन, आफनो  र परिवारको रोग र स्वास्थय सम्बन्धि समस्यामा जेलिनु पर्नेछ । सन्तानहरुलाइ कष्ट पर्ने, शत्रुजनित पीडाले सताउने, मान प्रतिष्ठामा कमि आउने, भाइहरुसँग मतभेद हुन सक्ने, व्यवसाय तथा कार्य क्षेत्रमा झमेला तथा अवरोध आउने तथा मनमा चिन्ता पर्ने सम्भावना छ ।। यो महिना लामो दुरिको यात्रा चाँही सकेसम्म नगर्नु होला । एकपल्ट चिना देखाउनु भएमा राम्रो रहनेछ ।

(८) वृश्चिक राशी

यो महिना हरेक कार्यमा विलम्ब आउने, स्वास्थयको दृष्टिले महिना महत्वपूर्ण रहनेछ , सानो तिनो रोग व्याधि भनेर हेलचेक्रयाइ नगर्नुहोला । पारिवारिक तथा गृह सुखमा कमि आउने, अचल सम्पत्तिको विषयले कष्ट पाइने, तनाव दिनेछ,  सुखको साधन हुँदाहुँदै पनि सुख उपभोग गर्न नपाइने अवस्था आउँनेछ,  सामाजिक क्षेत्रमा अपमान, घर तथा वाहनको कारणले कष्ट, व्यवसायमा घाटा, वैवाहिक जिवनमा समस्या आउनेछ , कसै कसैको सम्बन्ध विच्छेद हुने अवस्था पनि नआउला भन्न सकिन्नदुर्घटना वा घाउ चोटपटक लाग्न सक्ने भएकोले सचेत रहनु पर्नेछ, विवाद, मनमुटाव र झगडाको स्थितीबाट भने यो महिना बच्नु होला ।। माता पिताको लागि अशुभ स्थिती आउन सकछ ।

(९) धनु राशी

धनु राशीहरुलाई यो महिना सूर्यको राशी परिवर्तन शुभ फलदायक रहनेछ । पराक्रम बढने, सुख शान्ति पाइने, कार्य क्षेत्र, विजनेस आदि सँग सम्बन्धित यात्राहरु ज्यादै लाभदायक हुनेछन , नोकरी को क्षेत्रमा अधिकार वा पदको प्राप्तिको योग बनेको छ , धनलाभ हुने, मानसिक तथा पारिवारिक सुख पाइने, शत्रुहरु पराजित हुनेछन, पदोन्नति तथा प्रतिष्ठा प्राप्त हुने योग चलेको छ,  उत्तम स्वास्थय स्थिती रहने तथा पितासँग राम्रो सम्बन्ध बन्ने वा लाभ मिल्ने सम्भावना बनेको छ,   सन्तानहरु प्रति लगाव र आत्मियता बढने, शत्रुहरु नाश हुने तथा भाग्यको सहयोग पाइने खालको महिना छ ।

(१०)मकर राशी

मकर राशीवालाहरुलाई सूर्यको गोचरले यो महिना अलि चिन्तित बनाउन सक्नेछ, दुख पाइने, धोखाधडीको शिकार हुनु पर्ने, निरर्थक डर र चिन्ता परिरहने, पारिवारिक कलह विवाद वा संकट बढने, व्यापार व्यवसायमा धेरै समस्याहरु आउने, घाटा हुने, धन तथा सुखमा कमी आउने, परिवारमा कसैलाई संकट पर्ने, शोक पर्ने,  अथवा शिर, घाँटी आँखासम्बन्धि सम्बन्धि समस्याहरु उत्पन्न हुन सक्ने, बोलि वचन कठोर हुन सक्ने वा रिस उठिरहने वा झर्को लागिरहने हुन सक्छ । गरेका कार्यहरुमा बाधा व्यवधान आउने भएकोले सावधान रहनु होला ।। गलत व्यक्तिहरुसँग सम्बन्ध नगर्नुहोला फसिने महिना छ,

(११) कुम्भ राशी

कुम्भ राशी वालाहरुलाई यो महिना मिश्रित परिणाम प्राप्त हुनेछ । धन हानी हुने,  क्रोध, रोग दुखद प्रवास, स्थान परिवर्तन, शारिरिक थकावट, स्वास्थ्य हानी, हृदय रोग, आँखा, अनुहार, पेट सम्बन्धि समस्या आउने,  झर्को लागिरहने, अपमानित हुनु पर्ने, आफना सहकर्र्मी तथा मित्रहरुसँग विवाद तथा मनमुटाव हुने योग छ, सम्बन्धहरु बिग्रेर मन अमिलो हुन सकछ । ईच्छाको विरुद्ध यात्रा वा भ्रमण हुन सक्ने योग पनि छ । दाम्पत्य जिवन तथा व्यापार व्यवसायमा को हकमा भने परिणाम शुभ फलदायक हुनेछ ।

(१२) मीन राशी

मीन राशी हुनेहरुलाई यो महिना मध्यम र मिश्रीत खालको रहनेछ , खराब व्यक्तिहरुलाई खराब फल र असल व्यक्तिहरुलाइ असल परिणाम दिने खालको महिना छ , धन हानी, स्वास्थय हानी, शिर तथा पेटमा समस्या आउने , मित्रहरुले शत्रुवत व्यवहार गर्नेछन् । सरकारी जागीरको लागि वा अन्य कुनै पनि नोकरी सँग सम्बन्धित तयारी गरिरहनु भएको छ भने सोचेअनुसार नै काम बन्नेछ, शत्रुहरु कमजोर हुनेछन् , यात्रा, भ्रमण आदिहरु गर्नुपर्ने अवस्था आउन सक्छ अथवा कामको धपेडि पर्न सक्छ, गरेका आँटेका कार्यहरुमा व्यवधान आउन सक्ने तथा धनको अपव्यय हुने सम्भावना भएकोले सावधान रहनु होला, अनियन्त्रित खर्च र आँखा सम्बन्धि चाँही विशेष सर्तक रहनु होला । कुसंगतमा फसिने र धनको अत्यधिक खर्च हुने योग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *