ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मिडिया नेपालको राष्ट्रिय भेला फागुन २१ र २२ बुटवलमा

काठमाडौं माघ ३० २०७७। मिडिया नेपालको दोस्रो राष्ट्रिय भेला आगामि फागुन २१ र २२ गते लुम्विनी प्रदेशको बुटवलमा हुने भएको छ । शुक्रबार अध्यक्ष गोपाल पौड्यालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न मिडिया नेपालको केन्द्रिय कार्यसमिसितको बैठकले सो निर्णय गरेको हो ।

भेलालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि मिडिया नेपालका उपाध्यक्ष श्रीधर सुवेदीको संयोजकत्वमा उपाध्यक्ष सूर्य वास्तोला र केन्द्रिय सदस्य पुरु दाहाल सदस्य रहेको राष्ट्रिय भेला मूल आयोजक समिति गठन गरेको छ । यसैगरी अध्यक्ष पौड्यालको संयोजकत्वमा उपाध्यक्षद्वय सुवेदी तथा वास्तोला, कोषाध्यक्ष राधिका जोशी र केन्द्रिय सदस्य विकल श्रेष्ठ सदस्य रहेको आर्थिक व्यवस्थापन समिति तथा कोषाध्यक्ष जोशीको संयोजकत्वमा सचिव कृष्ण खनाल तथा केन्द्रिय सदस्यहरु विजय रावत र विकल रेग्मी रहेको प्रचार–प्रसार समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *