ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

टाइगर कप भलिबलः पुरुष तर्फ गण्डकी र आर्मी उपाधिलाई भिड्दा महिला तर्फ पुलिस र एपिएफ भिड्ने

पोखरा, माघ ३० । पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुष तर्फको खेलमा उपाधिका लागि गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबले प्रतिस्पर्धा गर्दा महिला तर्फ भने विभागीय टोली एपिएफ र पुलिस भिड्ने भएका छन् ।

पोखरा रंगशालामा शुक्रबार विहान सम्पन्न दिनको पहिलो खेलमा विभागीय टोली एपिएफलाई ३–० को सोझो सेटमा हराउँदै आयोजक गण्डकी प्रदेश अन्तिम दुईमा प्रवेश गर्दा आर्मीले पुलिसको चुनौतिलाई समाप्त गर्दै गण्डकीसँगको भेट पक्का गरेको हो । निकै रोमाञ्चक बनेको खेलमा गण्डकीले सुरुआतबाट नै दबाबमा राखेको थियो ।

पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको गण्डकीले दोस्रो सेटमा जित निकाल्दा अलि मिहिनेत गर्नु परेको थियो । २९–२७ को रोमाञ्चक जित निकालेको गण्डकीले तेस्रो सेटमा भने २५–१५ को सहज जित निकाल्दै उपाधि यात्रा तय गरेको हो । यस्तै प्रतियोगिता अन्तर्गत शुक्रबार नै सम्पन्न दिनको दोस्रो खेल अन्तर्गगत विभागीय डर्बीबीचको भिडन्तमा आर्मीले बाजी मारेको छ । आर्मीले पुलिसलाई पहिलो सेट २६–२४ ले आफ्ने पक्षमा पारेको थियो । त्यसपछि २५–२२ ले दोस्रो सेटमा जित निकालेको आर्मीले तेस्रो सेटमा २५–१४ को सहज जित निकाल्दै उपाधिा यात्रा तय गरेको थियो ।

फाइनलमा प्रवेश गरेको आर्मीले उपाधिका लागि शनिबार आयोजक गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल दिनको २ बजे हुनेछ । यस्तै महिला तर्फ शुक्रबार सम्पन्न समूह चरणको अन्तिम खेलमा विभागीय टोली एपिएफले न्यु डायमन्ड एकेडेमीलाई सोझो सेटमा हराउँदै पुलिससँगको भेट पक्का गरेको हो ।

एपिएफले न्यु डायमन्डमाथि २५–२१, २५–२१ र २५–२३ को जित निकाल्दै उपाधि होडमा उभिएको हो । पराजित न्यु डायमन्ड भने प्रतियोगिताबाट बाहिरिएको छ । फाइनल खेल शनिबार दिउसो १२ बजे हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *