ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

undermenu_ad

महिला लिग फुटबलः पुलिसले चन्द्रपुरलाई हरायो

सेयर गर्नुहोस
  • 2
  •  
  •  
  •  
    2
    Shares

काठमाडौं, माघ ३० । रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा शुक्रबार सहज जित निकालेको छ ।

ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा पुलिसले मोफसलको टोली चन्द्रपुरलाई ३–० ले हराएको हो । पहिलो हाफमा १–० को अग्रता लिएको पुलिसले दोस्रो हाफमा थप दुई गोल गर्दै जित निश्चित गरेको हो । र्सिजना खड्काले पहिलो हाफमा गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् ।

प्रतिस्पर्धात्मक जस्तो देखिएको खेलमा पुलिसलाई जित दिलाउनका लागि ५४औं मिेनटमा निर्मला बिकले टोलीका लागि दोस्रो गोल गर्दा ८५औं मिनेटमा दोस्रो हाफमा मैदान प्रवेश गरेकी रेखा पौडेलले गोल गर्दै जित निश्चित गरिन् । जितसँगै पुलिसले तेस्रो स्थानमा रहेको वालिङसँग अंक बराबरी गरेको छ । चौंथो स्थानमा रहेको पुलिसले ९ खेलबाट १४ अंक जोडेको छ ।

प्रतियोगितामा शनिबार दुई खेल हुनेछ । वालिङ नगरपालिका स्याङ्जा र विभागीय टोली एपिएफबीच प्रतिस्पर्धा हुँदा दिनको दोस्रो खेल विराटनगर महानगरपालिका र चौदण्डीगढी नगरपालिका उदयपुरबीच खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *