ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

बाग्मती प्रदेश सरकारले क्यान्सरका बिरामीको लागि ५० हजार थप

माघ ३० काठमाडौं । सरकारले ८ प्रकारका जटिल रोग लागेका विरामीलाई उपलब्ध गराउदै आएको १ लाख बराबरको अनुदान बृद्धि गर्नुपर्ने माग भैरहेको बेला बाग्मती प्रदेश सरकारले क्यान्सरका विरामीका लागि ५० हजार रुपैया थप गर्ने निर्यण गरेको छ । यससँगै अब बाग्मती प्रदेश भित्रका लक्षित समुहले क्यान्सर रोगको उपचारका लागि १ लाख ५० हजार रुपैया अनुदान पाउनेछन ।

गभ्भीर प्रकृतिका ८ प्रकारका रोगको उपचारका लागी सरकारले प्रतिबिरामी १ लाख रुपैंया अनुदान उपलब्ध गराउदै छ । उपचार महंगो हुने त्यस्ता जटिल रोगका लागि सरकारले दिने सहुलियत बृद्धि गर्नुपर्ने माग भैरहेको बेला बागमती प्रदेश सरकारले क्यान्सरका विरामीका लागि थप ५० हजार उपलब्ध गराउने निर्णय गरेको छ ।

क्यान्सर उपचारका लागी ४ देखी १० लाखसम्म लाग्ने भएकोले सहुलियत रकम बढाइनुपर्ने माग देशब्यापी रुपमा भैरहेको छ । उपचार महंगो हुदा कतिपय विपन्न नागरिकहरु रोग लुकाएर बस्नुपर्ने अवस्था रहेकोमा प्रदेश सरकारको निर्यणले लक्षित बर्गमा राहत पुग्ने अपेक्षा गरिएको छ ।

क्यान्सर रोग शुरुवाती चरणमा नै पहिचान भै अस्पताल पुगेको अवस्थामा रोग निको हुने भक्तपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा विष्णुदत्त पौडेल बताउछन ।

क्यान्सरको उपचार शारीरिक तथा आर्थिक हिसावले पनि जटिल हुने भएकोले बाग्मती प्रदेशको निर्णय स्वागत योग्य रहेको क्यान्सर रोग विशेषज्ञ डा उत्सवमान श्रेष्ठ बताउछन ।

प्रदेश सरकारको यो निर्यणसँगै बाग्मती प्रदेशका क्यान्सर रोगका विरामीले अब एक लाख पचास हजार रुपैया सहुलियत प्राप्त गर्नेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *