ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

प्रदेश एकको राजनीतिमा अनौठो खेल , प्रतिपक्षीको सहयोग नभएसम्म सत्तारुढ दललेनै बैठक अवरोध गर्ने

सेयर गर्नुहोस
  •  
  •  
  •  
  •  

काठमाडौं माघ ३० ।नेपका भित्रको आन्तरिक किचलोका कारण अविश्वासको प्रस्ताव झेल्न लागेका प्रदेश एकका मुख्यमन्त्री शेरधन राई प्रतिपक्षी कांग्रेसको संकेतको पर्खाइमा छन् । तेतिमात्र हैन हिउदे अधिवेशनको आगामी बैठक अवरोध गरेरै अविस्वासको प्रस्ताव दर्ज हुन नदिने रणनीति तयार पारेका छन् । अविस्वासको प्रस्ताव परेको र आफुसंग अविस्वासको सामना गर्न सक्ने सांसद नभएपछि माघ ७ र २५ गतेको बैठक अवरोध गरेको सत्तारुढ नेकपाको ओली आगामी बैठक पनि अवरोध नै गरेर जाने तयारीमा देखिएका छन् ।

पार्टी औपचारीक फुटको घोषणा हुन बाकीं रहेको समय र प्रदेश राजनीतिक अंकगणितमा समेत निर्णायक मानिएको कांग्रेसले निर्णय नगर्दा मुख्यमन्त्री बैठक नै अवरोधको बाटवमा जाने निस्चित छ । यस्तो अवस्थामा प्रतिपक्षी कांग्रेसले दुई कमन्युष्टको आन्तरिक जगडमा आफुहरु नपर्ने भन्दै कुन पक्षलाई सहयोग गर्ने भन्ने खुलाएको छैन । कांग्रेसको यस प्रकारको मौदनताले मुख्यमन्त्री अझ अलमलमा परेको देखिन्छ ।

नेकपा ओली समूहका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले अनलाईन खबरसंग गरेको कुराकानीलाई आधार मान्ने हो भने पार्टी विभाजनले औपचारिकता नपाएसम्म बैठकमा अवरोध गरिरहने देखिएको हो । पार्टी विभाजनको संघारका समयमा मुख्यमन्त्री राईले सांसदलाई गरेका कारबाही उनकै लागि कठिन बनेको छ ।

  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *