ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

मनलाग्दी विदा कटौति गर्ने सरकारी रवैया प्रति आदिवासी जनजाती रुष्ट, विदा नै काट्नेलाई जनताले किन भोट दिन्छन् कांग्रेस सभापतिको प्रश्न

काठमाडौं माघ ३०। सरकारले चाड पर्वमा दिने विदामा मनलागि गरेको भन्दै आदिवासी जनजातिले रुष्टता प्रकट गरेका छन् । कहिले विदा दिने त कहिले बिदा कटौति गरेको भन्दै आदिवासी जनजाति महासंघले विज्ञप्ति नै  निकलेर यसको विरोध गरेको छ ।विज्ञप्तिमा भनिएको छ- ‘आदिवासी जनजातिहरुको भूमि, सभ्यता, इतिहास, पहिचान, संस्कृति र अस्तित्वसँग जोडिएको राष्ट्रिय चाडपर्वहरुमा सरकारले मन लाग्दा राष्ट्रिय बिदा दिने र मन नलाग्दा खारेज गर्ने कार्यको हामी निरन्तर खबरदारी गर्दछौं,’

अघिल्लो बर्ष सोनाम ल्होसारको विदा कटौति गरेको सरकारले यो बर्ष भने सार्वजनीक विदा दिएको छ । जनजातिले पाउने मुख्य विदाहरुमा नै कटौति गरिदिने गरेको भन्दैं उनीहरुले सरकारसंग असन्तुष्टी पोखेका छन् । त्यतिमात्र हैन जनजाति तथा आदिवासीले मनाउने पर्वका विषयमा संसदमा प्रतिपक्षी सांसदले समेत आवाज नउठाएको भन्दै उनीहरु अझ रुष्ट बनेका छन् । बिहिबार नेपाली कांग्रेस, आदिवासि जनजाति केन्द्रिय विभाग, नेपाली आदिवासी जनताजी संघले आयोजना गरेको नेपाली कांग्रेस र आदिवासी जनजातीको सवाद विषयको प्रशिक्षण कार्यक्रममा नेपाल आधिवासी जनजाती संघका सभापति इन्द्रबहादुर गुरुङले काँग्रेसको मौनतामा प्रश्न उठाएका थिए । काँग्रेस केन्द्रिय समितिलाई पटक पटक आफ्ना मागहरु राख्दा समेत काँग्रेसले मौनता साधेको उनको आरोप छ ।

त्यस्तै आदिवासी जनजातीले मनाउने पर्वमा दिदैं आएको सार्वजनीक विदा कटौतिका विषयमा आदीवासी जनजाजाती महासंघका अध्यक्ष जगतबहादुर बरामलेले समेत असन्तुष्टी पोखे । जनजातीको पहिचानको विषय उठाउने व्यक्तिहरु शत्तामा पुग्दा उनीहरुले नै विदा कटौति गर्नु दुखद रहेको उनको भनाई थियो ।

सोही कार्यक्रममा सहभागि कांग्रेस सभापति शेरबहादुर देउवाले जसले विदा कटौति गर्छ जनताले तिनैलाई कसरी भोट दिन्छन् भन्ने विषय अनौठो रहेको बताए । आदीवासी जनजाती तथा नेपाली मौलीक पर्वमा दिदैं आएको विषयमा नेपाली कांग्रेस सजग रहेको उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *