ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

करिव पाँच घण्टा पछि झाँक्री रिहा,प्रतिगमन झुक्न सुरु भएको प्रतिक्रिया

काठमाडौं, माघ २९ ।राज्य विरुद्धको कसुरमा बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले साँझ रिहा गरेको छ ।नेकपा दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले रिहा गरेको हो ।

घरबाटै पक्राउन परेकी झाँक्रीलाई प्रहरीले घरमै लगेर छाडिदिने शर्तमा रिहा गरेको हो । सामान्य सोधपुछ पछि श्रीमान पशुपति पुरीको रोहवरमा उनलाई छाडिएको प्रहरी स्रोजले जनाएको छ ।राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।

राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले उनलाई बिहीबार मध्यान्ह पक्राउ गरेर अपराध अनुसन्धान विभागमा दिनभर राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *