ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

पछिल्लो चौविस घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं माघ २९ । देशभरका विभिन्न प्रयोगशालामा गरीएको ३ हजार २३ नमुना परीक्षणमा काठमाडौं उपत्यकामा ३३ जनासहित देशभर ८१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरि थप ५ जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउने संख्या २ हजार ५४ पुगेको छ ।

त्यस्तै थप १ सय ११ जना डिस्चार्ज भएसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ६८ हजार ६ सय ६० पुगेको छ । हाल देशभर क्वारेन्टिनमा ८७ जना र संक्रिय संक्रमित १ हजार ७ सय १८ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर आसियुमा ६४ जना र भेन्टिलेटरमा १३ जनाको उपचार भैरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *