ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

कोरोना संक्रमण भैसकेकाले खोप लगाउन आवश्यक छ कि छैन

काठमाडौं माघ २९ । महामारी नियन्त्रण तथा रोकथामका लागि खोप अभियान सन्चालन भैरहदा संक्रमणमुक्त भएकाले खोप लगाउने वा नलगाउनेबारे अन्योल छ ।

तर चिकित्सकहरुले भने खोपले प्रतिरोधात्मक क्षमता विस्तार गर्ने भएकोले लगाउनु पर्नेमा जोड दिएका छन । कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि नेपालमा पनि खोप अभियान जारी छ । पहिलो चरणमा अग्रपंक्तीमा रहेर खटिने स्वास्थ्यकर्मी सुरक्षाकर्मी सफाइकर्मी लगायत लक्षित बर्गले अपेक्षित रुपमा खोप नलगाएपछि अन्य जोखिम समुहका नागरिकलाई खोप लगाइदैछ ।

प्रार्थमिकता सुची अनुसार खोप अभियान सन्चालन हुन नसकेको भन्दै आलोचना भैरहेपनि थप खोप ब्यवस्थापनसँगै अभियान निरन्तर रहने सरकारले जनाएको छ । पछिल्लो समय कुटनीतिक निकाय तथा सन्चारकर्मीलाइ खोप लगाइदै छ । अभियान जारी रहेकै बेला पहिले संक्रमणमुक्त भएकाहरुले खोप लगाउने वा नलगाउने अन्योल कतिपयमा देखिएको छ ।

सरुवा रोग विज्ञ डा शेर बहादुर पुनले संक्रमणमुक्त भएकाहरुमा एन्टिबडी बनिसकेकोले तत्काल खोप नलगाए पनि हुने कतिपयको तर्क छ । तर चिकित्सकहरु भने एन्टिबडी र यसले दिने सुरक्षाबारे प्रयाप्त अनुसन्धान भैनसकेकोले खोप लगाउनुपर्नेमा जोड दिएका छन । संक्रमणमुक्त भएकाहरुले खोप लगाउदा प्रतिरोधात्मक क्षमता थप बलियो हुने भएकोले खोप लगाउनु पर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रमुख कन्सल्टेन्ट डा अनुप बास्तोलाले बताए।

खोप लगाएपछि ज्वरो आउनु,टाउको दुख्नु तथा खोप लगाएको ठाँउ दुख्नु जस्ता लक्षण सामान्य रहेको विज्ञहरु बताउछन । तर खोप लगाएपछि एलर्जी हुने,वान्ता हुने, श्वास प्रश्वासमा कठिनाइ हुने समस्या देखिए चिकित्सकको सल्लाह लिनुपर्ने उनीहरुको भनाई छ ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *