ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

झाँक्री पक्राउको चौतर्फी विरोध, प्रचण्ड देखि गगनसम्मको आक्रोष

काठमाडौं माघ २९ । राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गरेको छ । प्रहरीले सोधपुछका लागि झाक्रीलाई बोलाए पनि झाँक्रीले पक्राउ पूर्जी विना जान अस्वीकार गरेपछि प्रहरीले पक्राउ पुर्जी जारी गर्दै उनलाई पक्राउ गरेको हो ।

झाँक्रीको पक्राउको विरोधमा उनको निवासबाहिर नेकपा प्रचण्ड-माधव समूहका कार्यकर्ताले नाराबाजी गरेका थिए । झाक्रिको पक्राउको विरोध गर्दै दाहाल नेपाल समुहले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको बताएको छ ।

प्रवक्ता नारायणकाजी श्रेष्ठ विज्ञप्ति जारी गर्दै भनेका छन् -‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।’

त्यस्तै दाहाल नेपाल समूहका अध्यक्ष प्रचण्डले ओलीको ठाडो आदेशमा झांक्रीलाई पक्राउ गरेको आरोप लगाएका छन् । सरकारको यस कदमलाई प्रचण्डले लोकतन्त्रमाथीको हमलाको संज्ञा दिएका छन ।

यता नेपाली कांग्रेसका नेता गगन थापाले झ्याल खानमा राखेर थर्काउन खोजेको जनाएका छन् । उनले सरकारलाई झ्याल खाना थप गर्न समेत भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *