ThePressNepal

अन्धकारका विच उदाउँदै गरेको सानो आशाको दिप

चन्द्रपुर नगरपालिकाविरूद्ध सावित्राले गरिन् ६ गाेल

काठमाडाैं माघ २८ गते । राष्ट्रिय महिला लिग फुटबलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले चन्द्रपुर नगरपालिका रौतहटलाई ८-० गोलले हराएको छ । एन्फा कम्पलेक्स सातदोबाटोको मैदानमा भएको खेलमा एपीएफका लागि सावित्रा भण्डारी एक्लैले ६ गोल गरिन् । सावित्राले खेलकाे छैटाैँ, ३३ औँ, ४७ औँ, ६० औँ, ६२ औँ र ७९ औँ मिनेटमा गाेल गरिन् ।

यस्तै कप्तान अनिता बस्नेतले खेलकाे पहिलाे मिनेटमै र ५४ औँ मिनेटमा दुई गोल गरिन् । याे जितसँगै एपीएफ आठ खेलमा २४ अङ्कसहित शीर्ष स्थानमा यथावत् नै छ । चन्द्रपुर आठ खेलमा ६ अङ्कसहित छैटाैँ स्थानमा छ । प्रतियोगितामा बिहीवार चौदण्डीगढी र वालिङ नगरपालिका तथा त्रिभुवन आर्मी र विराटनगर महानगरपालिका खेल्नेछन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *