पेट्रोलियम पदार्थमा २ रुपैयाँ मूल्यवृद्धि, ग्यासको पनि बढ्यो(प्रेस बिज्ञप्ती सहित)

काठमाडौं माघ २८। नेपाल आयल निगमले आज रातिबाट १२ बजेबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । पेट्रोल, डिजेल तथा मट्टितेलको साविक मूल्यमा दुई रुपैयाँ बढाइएको हो ।

नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर रु १ सय १२ तथा डिजेल र मट्टितेलको रु ९५ तिर्नुपर्ने भएको छ । यस्तै एलपी ग्यासको प्रतिसिलिण्डर मूल्य रु. २५ ले बढाएर काठमाडौंका लागि रु १४ सय रुपैयाँ कायम गरिएको छ भने हवाइ इन्धनको मूल्य यथावत राखिएको छ । अन्तर्राष्ट्रि मूल्यअनुसार समायोजन गर्ने क्रममा मूल्य वृद्धि गरिएको निगमले जनाएको छ । पछिल्लो समय स्वचालित मूल्य प्रणाली कार्यान्वयन गर्न नसक्दा निगम घाटामा गएको थियो ।